काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल जलवायुका मुद्दामा अन्यायमा परेको दाबी गरेका छन् । उनले जलवायु परिवर्तनका क्षेत्रमा नेपालले कुनै गल्ती नगरेपनि विकसित देशहरुले गरेको गल्तीको असर भोग्नु परेको बताएका हुन् ।
दुबईमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २८०) मा आज (शनिबार) सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनमा नेपालको योगदान शुन्य हुँदा पनि विनासकारी असर भोग्नु परेको बताएका हुन् ।
नेपालले जलवायु परिवर्तनको गम्भीर असरहरु बाढी, पहिरो, डढेलो, हिमताल विस्फोट जस्ता समस्या भोग्नु परेको बताउँदै उनले योअत्यन्तै अन्यायपूर्ण भएको र यसको अन्त्य हुनुपर्ने बताए । जलवायु परिवर्तनका कारण बढ्दो तापक्रममा हिमालय क्षेत्रसमेत जोखिममा परेको उनको भनाइ छ ।
उनले नेपाल पेरिस सम्झौताको पालना हुनुपर्छ भन्ने पक्षमा रहेको र सन् २०४५ सम्म जिरो कार्बन उत्सर्जन गर्नेमा प्रतिवद्ध रहेको बताए।