ताजा अपडेट

पाेखरापछिकाे लुम्बिनी प्रदेश राजधानी देवीकाेट दाङमा दाेस्रो प्याराग्लाइडिङ उडान सफल

देउखुरी- लुम्बिनी प्रदेशको राजधानी दाङको राप्ती गाउँपालिका वडा नं. २ देवीकाेटमा प्यारा ग्लाइडिङ परिक्षण तथा एग्राे रिसोर्ट काे शिलान्यास कार्यक्रम सम्पन्न भएकाे छ ।


रिडी राप्ती ग्रुप र बाबू एडभेन्चर्सकाे सहकार्यमा शुक्रवार उडान परिक्षण गरिएको हाे । लुम्बिनी प्रदेश सभाका सभामुख बसन्त घर्तीको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हाे।
प्याराग्लाइडिङ देवीकाेटकाे डाँडाबाट उडान परिक्षण गरिएकाे कार्यक्रममा प्रदेश सभामुख घर्ती,राप्ती गाउँ पालिका अध्यक्ष प्रकाश बिष्ट र रिडि राप्तीका संस्थापक अध्यक्ष मान बहादुर बुढाले उडान भरी उद्घाटन गरेका हुन् ।

दाङमै प्याराग्लाइडिङ गर्दा पर्यटन विकासमा ठूलाे सहयोग र सफलता मिल्ने समेत सभामुख घर्तीले बताए।`अब यस क्षेत्रमा कृषि खपत र स्थानीय पर्यटकको आगमनले नयाँ उर्जा र केही आसा पलाएकाे छ´-सभामुख घर्तीले भने।

त्यसैगरि रिडि ग्रुपका संचालक समिति तथा संथापक अध्यक्ष मानबहादुर बुढाले देवीकाेट र राप्ती पर्यटन विकासका लागि संस्थाले कुनैपनि कन्जुस्याइँ नगरी अबका दिन हरुमा नयाँ उर्जा र सहज बाताबरण तयार गरि निरन्तर प्याराग्लाइडिङ उडान गर्ने जानकारी दिए।आयाेजना सफल बनाउन अनुमानित १० कराेड लाग्न सक्ने सम्भावना देखिएकाे अध्यक्ष बिष्टले जानकारी दिए ।

दाङमै प्याराग्लाइडिङ सफल भएपछि स्थानियहरु हर्षित बनेका छन्।

प्रतिक्रिया दिनुहोस