ताजा अपडेट

डोरीको भरमा खोला तर्दै जनता,मुखदर्शक बन्दै स्थानिय सरकार रुन्टिगढी (भिडियोसहित)

होलेरी- रोल्पाको रुन्टिगढी गाउँपालिका वडा नं ८ मा स्थानियहरुले डोरीको भरमा खोला तर्दै आवतजावत गरिरहेका छन्।

भौगोलिक हिसाबले पश्चिम दाङसंग सिमावर्ती क्षेत्र रुन्टीगढी गाउँपालिका वडा ८ को रानीवास स्थित ग्वारखोलामा पुल नहुदा स्थानियहरुलाई आवतजावतमा निक्कै कष्टकर अवस्था बनेको छ।

रानिवास होलेरी-ग्वारखोला सडकखण्ड अन्तर्गत रुन्टीगढी गाउँपालिकाको वडा नं ८ मा पर्दछ।

ठाडो खोला भएकाले बर्षातको समयमा खोला कम्मर भन्दा माथि नै आउँछ।निरन्तर बर्षात हुँदा तझन खोलाको बहाफ त्यो भन्दा माथि हुन्छ।

पुल छैन सर्वसाधारणहरुलाई डोरीको भरमा खोला तारिरहेका छौँ।-खोला तार्न सहयोग गर्दै आएका रुन्टीगढी ८ का स्थानीय सन्दिप बुढा मगरले होलेरी खबरलाई भने।

बुढाका अनुसार रुन्टीगढी वडा नं ६ को दोक्रावन र वाबाङ रुन्टीगढी ८ को मगरगुरी,खसगोरी,धुम्का,मेलटाकुरा,कुर्जा,खलिबाङ,रानीबनका लगाएतका स्थानियहरु दैनिक उपभोग्य सामाग्री किनमेलका लागि पश्चिम दाङको बिजौरी बजार आवतजावत गर्ने गर्दछ्न्।


यि बाहेक रुन्टीगढी ७ सालिबाङका स्थानियहरु पनि त्यहि बाटो आवतजावत गर्ने गरेको बुढा बताउँछन्।

पहिरोका कारण होलेरी-ग्वारखोला अवरुद्ध छ।तर पनि स्थानियहरु पैदल हिडेर भएपनि दैनिक कामकाजका लागि दाङ जानै पर्ने हुन्छ।

डोरीको भरमा खोला तर्न निकै जोखिमपुर्ण कार्य भएपनि आफूहरूको नियति बन्दै आएको रुन्टीगढी ८ का स्थानिय प्रकाश रानाले बताए।

बर्षातको समयमा पहाडी खोलामा लेदोसहित ढुङ्गा समेत बग्ने गर्दछ्न्।तर पनि सरकारलाई कुनै वास्ता छैन।-उनले दु:ख पोखे।

रानिवास स्थित खोलामा सहजीकरणको विकल्प के हुन सक्छ?

पक्कि पुल निर्माण गर्ने कुरा स्थानिय सरकार रुन्टीगढीको पहुँचको बिषय नभए पनि सर्वसाधारणहरुका बाध्यता र ज्यान सौदाबाजीको बाध्यात्मक नियतिलाई टार्न स्थानिय सरकारले चाहेको खण्डमा झोलुङ्गे पुल वा शुरक्षित तरिकाले काठको पुल निर्माण गर्दिन सक्ने स्थानियहरुको बुझाई रहेको छ।

मुलुकमा ३ तहको सरकार छ।रुन्टीगढी गाउँपालिका संगै गाउँगाउँको सिंह दरवार स्थानिय सरकार गाउँमा आएको झण्डै ७ बर्ष बितिसकेको छ।

तर रुन्टीगढी गाउँपालिकाको वडा नं ६,७ र ८ का स्थानियहरुले जोखिम मोलेर डोरीको भरमा बोकेर खोला तर्ने र तार्ने पिडादायी अवस्था झेल्दै आइरहेका छन्।

हालको स्थानिय सरकार निर्वाचित भएर आएको डेढ बर्ष बितिसकेको छ।परिबर्तनको इच्छाशक्ति भएमा डेढ बर्ष निकै लामो र पर्याप्त समय हो।

तर रानिवासखोलामा पुल निर्माण गर्ने कुरामा स्थानिय सरकार जनजिबिकाका सवालमा रमिते र मुखदर्श बन्दै आईरहेको छ।

पक्कि पुल निर्माणका लागि प्रदेश सरकार तथा संघिय सरकारलाई पहल गर्ने जिम्मा पनि स्थानिय सरकारकै हुन्छ।तर रुन्टीगढी ८ को रानिवासमा भने डेढ बर्षको समयावधिमा कुनै परिवर्तन हुन सकेन।

भिडियो

खोला तार्दै गरेको भिडियो

प्रतिक्रिया दिनुहोस