रुन्टिगढी –लुम्बिनी प्रदेश सरकारको आर्थिक लगानीमा रोल्पाको होलेरीमा होलेरी हिल स्टेशन निर्माण सम्पन्न भएको छ।
रुन्टीगढी गाउँपालिका वडा नं ५ दाङ छेडी भन्दा माथिल्लो भाग सैबाङ खुटीमा लुम्बिनी प्रदेश सरकारको ५० लाख लागतमा हिल स्टेशन निर्माण सम्पन्न भएको छ।
पर्यटनको संभावना बोकेको रुन्टीगढी गाउँपालिका भित्र प्रदेश सरकारको पर्यटन क्षेत्रमा लगानीले होलेरी पर्यटकहरुका लागि थप आकर्षक बनेको छ।
हिल स्टेशन निर्माण उपभोक्ता समिति अध्यक्ष दिपेन्द्र परियार अनुसार २०८० बैशाख १७ गते कामको सम्झौता गरिएको थियो।त्यस लगत्तै कामको शुरूवात गरियो।गत असार २२ गते काम सम्पन्न भयो।
दाङछेरीबाट सिद्ध लेकसम्म सिडि निर्माण गरिएको अध्यक्ष परियारले जानकारी दिए।
उनले भने हामिले २८५ मिटर लामो सिडि निर्माण गरेका छौँ।सिडिमा कलात्मक आकृतिको र्यालिङ बनाएका छौँ।कलात्मक शैलीमा हिल स्टेशन पाहुना घर निर्माण भएको छ।
ठाउँ ठाँउमा रुखका मुढा आकारमा बिशौनीहरु बनेका छन्।हिल स्टेशन सुन्दर बनेको छ।-उनले भने।
हिल स्टेशन निर्माण भएसंगै हिजो आज बर्षातको समयमा पनि यहाँ टिकटक बनाउने घुम्न आउँनेहरुको संख्या बढ्न थालेको अध्यक्ष परियारले जानकारी दिए।
होलेरी हिल स्टेशन पुग्न शहिदमार्ग अन्तर्गत दाङ्छेरीबाट उकालो लाग्नु पर्दछ।