ताजा अपडेट

रुन्टीगढीका सडक बेहाल हुँदा तरकारी ढुवानी गर्न दाम्लोले ट्याक्टर तान्दै किसानहरु(भिडियो सहित)

सर्पाल- रोल्पाको रुन्टीगढी गाउँपालिका भित्रका सडकहरुहरुका अवस्था बेहाल बनेका छन्।बर्षातका कारण सडक बिग्रदै गएपछि स्थानियहरुले उत्पादित बस्तु बजारसम्म पुर्याउँन शास्ति खेपिरहेका छन्।

रुन्टीगढी गाउँपालिकामा ९ वटा वडाहरु रहेका छन्।९ वडा भित्रैकै अन्तर सडकहरुको अवस्था बिग्रदै गएको छ।

आइतबार रुन्टीगढी गाउँपालिका वडा नं ९ सर्पाल गाउँका किसानहरुले उत्पादित तरकारी होलेरी हाट बजारसम्म पुर्याउनलाई बिहान देखि बेलुकासम्म ट्याक्टर तान्नु पर्यो।

बर्षातपछि स्थानिय सरकारले मोटरबाटो मर्मत नगरेपछि स्थानियहरु तरकारी लिन आउँने सवारीलाई दाम्लो बानेर तान्नु पर्ने अवस्था आएको स्थानियहरुको दुखेसो रहेको छ।

कतिले ट्याक्टर अगाडिबाट रसी बाधेर तान्नु पर्छ।कतिले पछाडि बाट धकेल्नु पर्दछ।हामिलाई उत्पादित बस्तु बजारसम्म पुर्याउन निकैनै शास्ति परिरहेको छ।-स्थानिय शुसिल थापाले भने।

सर्पाल रुन्टीगढी गाउँपालिका वडा नं ९ को वडा कार्यालय रहेको स्थानपनि हो।

स्थानिय सरकार रुन्टीगढी गाउँपालिकाले आफ्नै जेसीबी डोजर खरिद पनि गरेको छ।तर मोटरबाटोको अवस्था बेहाल हुँदा र स्थानियले पाउँनु दु:ख पाउँदासम्म पनि स्थानिय सरकारको डोजर कहाँ छ सर्पाल गाउँका स्थानियहरुलाई अत्तोपत्तो छैन।

उत्पादित तरकारी जन्य बस्तु ढुवानीमा शास्ति खेप्नुका शाथै रुन्टीगढी गाउँपालिका भित्रका सडक मर्मत नगरिदा कोहि बिरामी पर्दा आपतकालीन अवस्थामा एम्बुलेन्स जानसक्ने समेत अवस्था छैन।

आफूहरूले शास्ति पाउँदा पनि कुनै चासो नदिदा गाउँगाउँमा सिंह दरवार भन्ने नारा बोकेको स्थानिय सरकार छ कि छैन भन्ने आफूहरूलाई थाह नभएको स्थानियहरुको भनाई रहेको छ।

भिडियो

https://youtu.be/zEKcaxqt7G4

प्रतिक्रिया दिनुहोस