ताजा अपडेट

होलेरीमा अझै मर्मत गरिएन १० बर्षे जनयुद्धको निशानी,रमिते बन्दै स्थानिय माओवादी नेताहरु

होलेरी- तत्कालीन १० बर्षे शस्त्र जनयुद्धको उद्गमस्थल रोल्पाको होलेरीमा स्थापना गरिएको शान्ति स्मारिका अझै मर्मत गरिएको छैन।

२०५२ शाल फागुन १ गते तत्कालीन बिद्रोहि पक्ष माओवादीले रोल्पाको होलेरीमा रहेको प्रहरी चौकि आक्रमण गरि देशभर युद्धको घोषणा गरेको थियो।

बर्ष २०७५/०७६ मा उक्त स्थानमा शान्तिको प्रतिकका रुपमा शान्ति स्मारक निर्माण गरिएको थियो।तर हाल उक्त शान्ति स्मारिकाको संरक्षण नगरिदा स्तम्भ भत्किएको छ।

एक महत्वपूर्ण इतिहासको निशानी मेटिदै गर्दा स्थानिय सरकार रुन्टीगढी गाउँपालिका पनि संरक्षणमा चासो देखाएको छैन।

१० बर्षे जनयुद्धसंग सम्बन्धित दल नेकपा माओवादी केन्द्र हो।तर यस दलका स्थानिय नेताहरूलाई शान्ति स्मारिका भग्नावशेष हुँदै गर्दा पनि उनीहरुको मनमा कुनै किसिमको प्रभाव परेको देखिदैन।

रुन्टीगढी गाउँपालिकाका माओवादी नेताहरू संरक्षणमा जुट्नु पर्ने हो।उनीहरुकै शव्दमा भन्दा परिबर्तनको निशानी समेत रहेको यस शान्ति स्तम्भसंग उनीहरुको कुनै सम्बन्ध नभएको जसरी हिडडुल गर्ने गर्दछ्न्।

भत्कदै गएको शान्ति स्मारिका वरीपरी फोहोर भरिएको छ।

जनयुद्ध लडेकै कारणले दुरदराजमा सामान्य जिबनस्तर बिताईरहेका माओवादी नेता/कार्यकर्ताहरु जिबन शैलीमा काया प्लट भएको छ।तर उनीहरु शान्ति स्तम्भ जस्तो संवेदनशिल सम्पदा र प्रतिकलाई फर्केर हेर्ने गरेका छैनन्।

रोल्पाबाट प्रतिनिधित्व गर्ने माओवादीका प्रदेश र संघका नेतृत्वहरु चुनावी बेला भन्दा अघिपछि रोल्पालाई फर्किएर हेर्ने गरेका छैनन्।उनीहरुको नजरमा १० बर्षे जनयुद्धको निशानी होलेरीको शान्ति स्तम्भ पर्ने कुरै भएन।

शान्ति स्मारिका भित्रको स्तब्धमा जनयुद्धको इतिहास सहित शहिदहरुको नाम सुचि लेखिएको थियो।यसले नयाँ पुस्तामाझ पनि इतिहास जिवित राखिरहेको थियो।अर्थात यहाँ घुम्न आउँने नयाँ पुस्ताले समेत होलेरी जनयुद्धको उद्गम थलो रहेको लगाएत यससंग सम्बन्धित कुराहरूको जानकारी प्राप्त गर्ने गर्दथे।

आफूहरु र आफ्नो दलसंग जोडिएको अस्तित्व दिनानुदिन मेटिदै गर्दा स्थानिय माओवादी नेताहरूले स्थानीय सरकारको ध्यानाकर्षण गराएर हरहालतमा पुनः मर्मत तथा संरक्षण गराउन सक्नु पर्दथ्यो।

पर्यटनन प्रवर्द्धनलाई प्रथामिकतामा राखेको स्थानिय सरकार रुन्टीगढी गाउँपालिका पनि मुख दर्शक बनिरहेको छ।

प्रतिक्रिया दिनुहोस