ताजा अपडेट

स्वर्गद्वारी पुग्ने अधिकांश पर्यटक होलेरीदेखि बाटो बिराएर शहिदमार्गबाटै सरासर अगाडि लागेपछि

होलेरी- स्वर्गद्वारी जान हिडेका अधिकांश भक्तजन तथा पर्यटकहरुले बाटो बिराउँने गरेका छन्।

दाङको घोराही हुँदै रोल्पाको होलेरी आएपछि पर्यटहरु स्वर्गद्वारीको सडकतुर नगएर सिधै शहिदमार्गबाट अगाडि बढ्ने गरेका छन्।

होलेरी बजारको जुर्नेटा आईपुगेपछि स्वर्गद्वारी पुग्नका लागि प्रहरी चेकपोस्ट देखि करिब ३ सय मिटर अगाडिबाट दायाँतिरको सडक परिवर्तन गर्नु पर्ने हुन्छ।

जहाँनेर स्वर्गद्वारी जाने साईनबोर्ड पनि राखिएको छ।

तर भारतीय पर्यटकहरु भने सिधै शहिदमार्गबाट अगाडि बढेर दहबन,तिला र दार्बोटसम्म पुगेर फर्कने गरेका छन्।

नजिकै रहेको प्रहरी चेकपोस्टमा सवारीका कागजात चेकजाँच गरिन्छ।प्रत्येक सवारी रोकेर प्रहरीले स्वर्गद्वारी जानका लागि अलि अगाडिबाट दायाँतिर लाग्नु पर्ने बताउँछ।तर नेपाली भाषा स्पष्ट नबुझ्ने कतिपय भारतीय तिर्थ यात्रीहरु सिधै शहिदमार्ग भएर अगाडि जाने गर्दछ्न्।

स्वर्गद्वारी पुग्न हिडेका भक्तजन तथा पर्यटकहरु शुक्रवार मध्येरातबाट सनिवार बिहानसम्म मात्रै कम्तिमा ५०/६० वटा जीप तथा मोटरसाइकल स्वर्गद्वारीको सडक नगएर बिपरित दिशातिर पुगेको प्रहरी चेकपोष्ट होलेरीमा डिउटी गरेका प्रहरी हवल्दार मानबहादुर थापाले होलेरी खबरलाई जानकारी दिए।

उनले भने हामिले सबै सवारी रोकेर कागजात चेकजाँच गर्ने बेलामा लोकेसन दिने गर्दछौँ।तर उहाँहरुले हाम्रो भाषा स्पष्ट बुझ्न सक्नु हुन्न।

लोकेसन दिदै प्रहरी

अलि अगाडि पुगेपछि शहिदमार्ग तिरै लाग्नु हुन्छ।सिटी फुकेर फर्काउने प्रयास गर्छौँ।कति फर्किनु हुन्छ।कति फर्कनु हुन्न।भाषाको असमझदारीले गर्दा पर्यटकहरुलाई शास्ति भैराछ।

स्वर्गद्वारी पुग्ने भक्तजन तथाबपर्यटकले बाटो बिराउँनेको संख्या बढ्न थालेपछि उनीहरुलाई समस्या नहोस् भनेर अहिले प्रहरी थप चनाखो बनाएर खटाइएको ईलाका प्रहरी कार्यालय होलेरीका प्रमुख प्रहरी निरीक्षक मधुसूदन विश्वकर्माले बताए।

उनिहरुले लोकेसन साइनबोर्ड पढ्नु पर्ने हो पढ्दैनन्।चोकमा पुगेर सिधै शहिदमार्गतिर जान्छन्।

अहिले हामिले चोकमा ट्राफिक प्रहरी खटाएरै रोकेर लोकेसन दिने गरेका छौँ।यसको दीर्घकालीन समाधानका लागि भने सबै निकायले उपाय खोज्न आवश्यक छ।उनले भने।

स्वर्गद्वारी पुग्ने पर्यटकहरुले बिगत देखिनै होलेरीबाट बाटो बिराउँदै आएका छन्।बिगतमा कतिपय भक्तजन तथा पर्यटकहरु शहिदमार्ग अन्तर्गत घर्तीगाउँसम्म पुगेर फर्किएका थिए।

प्रतिक्रिया दिनुहोस