काठमाडौं-प्रधानमन्त्री प्रचण्ड इटाली प्रस्थानकाठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटाली प्रस्थान गरेका छन्। उनी संयुक्त राष्ट्रसंघको खाद्य प्रणाली सम्मेलनमा सहभागी हुन शनिबार बेलुका इटाली प्रस्थान गरेका हुन्
संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनको मुख्यालय इटालीको राजधानी रोममा यही साउन ८ देखि १० गतेसम्म सो कार्यक्रम आयोजना हुँदैछ। प्रचण्डले शिखर सम्मेलनलाई सम्बोधन गर्नेछन्।
उनी त्रिभुवन विमानस्थलबाट कतार एयरलाइन्सको विमानमार्फत त्यसतर्फ प्रस्थान गरेका हुन्।
उनको साथमा कृषि तथा पशुपंक्षी विकासमन्त्री वेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा जयकान्त राउत लगायत सहभागी छन्।
उनको भ्रमणलाई केही दिनअघिको मन्त्रिपरिषद्ले स्वीकृत गरेको थियो