ताजा अपडेट

सुन सस्करीको ट्रान्जिट बन्दै नेपालः ११ महिनामै समातियो पाँच सय ८६ केजी

काठमाडौं-साउन । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. शुनिल शर्माले त्रिभुवन विमानस्थल हुँदै व्यापक मात्रामा सुन तस्करी हुने गरेको तथ्य सार्वजनिक गरेका छन् ।

शुक्रवार एक टेलिभिजन कार्यक्रममा उनले ११ महिनामै २२औं पटक गरी पाँच सय ८६ केजी सुन राज्यले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको बताएका हुन् ।

एक डेढ तोलाको सुनको सिक्री लिएर आउँदा सामन्य नागरिकलाई दुःख दिएको छ । क्वीन्टल, क्वीन्टलमा आउने सुनको नेक्सस यो राज्यको गृहमन्त्री र अर्थमन्त्रीको अन्डरमा कर्मचारी खटाइएको छ, सेलेक्ट गरेर पठाइएका सयौंका संख्यामा कर्मचारीहरु छन् । यस्तो चिज क्रस गरेर आउने कुरा, त्यो पनि २२औं पटक भन्ने अहिले आइरहेको छ । ११ महिनामा पाँच सय ८६ केजी त पक्राउ नै परेको देखियो,’– शर्माले भने ।

प्रतिक्रिया दिनुहोस