ताजा अपडेट

धादिङको मलेखुमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

धादिङ,साउन ५

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको  रोराङ गाउँपालिका-३ मलेखुमा  ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्‍यु भएको छ ।

काठमाडौबाट मुग्लिङतर्फ आउँदै गरेको ट्रक र  विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२-०३७ प ७७३१ नम्बरको मोटरसाइकल ओभरटेक गर्ने क्रममा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक (डीएसपी) सन्तु जैसवालले जानकारी दिए ।अनलाइनखबरबाट

प्रतिक्रिया दिनुहोस