ताजा अपडेट

बरामद भएको सुनको छानबिन गर्न समिति गठन, जाँचपासमा संलग्न कर्मचारी निलम्बन गर्न सुरु

काठमाडौं, साउन ४ । मंगलबार बरामद भएको ठुलो परिणामको सुनको विषयमा छानबिन गर्न भन्सार विभागले छानबिन समिति गठन गरेको छ।

विभागका निर्देशक एवं सूचना अधिकारी पुण्यविक्रम खड्काका अनुसार विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा छानबिन समित गठन गरेर अनुसन्धान अगाडी बढाईएको छ ।

समितिले मोटरसाईकल तथा स्कुटरको ब्रेक शुमा लुकाइछिपाई ल्याइएको सुन जाँचपास गर्नमा क–कसले सहयोग गरेका थिए र बरामद भएको सुन तस्करकाका बारेमा विस्तृत छानबिन गर्नेछ।

विभागले सुन तस्कारीमा संलग्न भएको आरोपमा जाँचपासमा संलग्न दुई जना कर्मचारीलाई निलम्बन गरिसकेको जनाएको छ । त्यस्तै विभागले भन्सार जाँचपासमा संलग्न अन्य कर्मचारीलाईसमेत निलम्बन गर्ने तयारीसमेत गरेको छ।

प्रतिक्रिया दिनुहोस