ताजा अपडेट

रोल्पामा साहित्यिक महोत्सव कि बजेट सक्ने अभियान?

पुष२४रोल्पा-मुलुकको हरेक राजनितिक परिवर्तनमा रोल्पाले महत्वपूर्ण भुमिका निर्वाह गरेको छ।पन्चायति व्यवस्थादेखि गणतन्त्र स्थापनासम्म बलिदानिपुर्ण इतिहास रचेको रोल्पा सदैव परिवर्तनको अग्रपंक्तिमा उभिने गर्दछ।खासखास समयमा चर्चामा रहने त्यहि रोल्पा यतिबेला फेरि साहित्यिक महोत्सवले चर्चामा पुगेको छ।रोल्पाको सुलिचौरमा शनिवारबाट संचालन हुने भनिएको सुनिलस्मृती साहित्य महोत्सवमा साहित्यकार पत्रकार लगाएत माओबादीका रोल्पाली नेताहरुको समेत उपस्थिति रहने खबर आयोजकले सार्वजनिक गरेको छ।विभिन्न दश बहसका शेषणहरु संचालन हुने भनिएको उक्त साहित्य महोत्सवप्रति अनेक टिप्पणीहरुको पनि भव्य महोत्सव चलिरहेको स्पष्ट देखिन्छ।


अतिथि व्यवस्थापनमै चुक्यो आयोजक
सुनिलस्मृती साहित्य महोत्सवको आयोजक अतिथिहरु व्यवस्थापनमै चुकेको छ।केहिदिन अघिमात्र आयोजकले सार्वजनिक गरेको महोत्सवको पोष्टर चर्को आलोचनापछि आफैले परिवर्तन गर्नु पर्यो।महोत्सवमा सहभागी अतिथिहरु समावेशी बनाउन नसकेको आरोप कयौ सरोकारवालाहरुले सार्वजनिक रुपमै व्यक्त गरेका थिए।चर्चित लेखक एवं साहित्यकार खगेन्द्र संग्रौलाले आफुलाई अघिल्लो दिन निम्तो गरेर पछिल्लो दिन निम्तो बदर गरेको गुनासो सामाजिक संजालमा लेखेका थिए।त्यस्तै महोत्सवमा सहभागी हुन पोष्टरमा नाम लेखिएका कयौ अतिथिहरुले महोत्सव समावेशी हुन नसकेको भन्दै सामाजिक संजाल मार्फत महोत्सवमा सहभागी नहुने घोषणा समेत गरे।आयोजकले सार्वजनिक गरेको पहिलो पोष्टरमा महिलाबाट दाङ्कि संगित मगर मात्र अटाएकि थिइन् भने पछिल्लो पोष्टरमा भुमिका थारु,शुसिला श्रेष्ठ लगाएत केहि नया अनुहारहरु समेटियका छन्।रोल्पाका साहित्यकार दिलिप कुवँरले सामाजिक संजाल मार्फत केहि अतिथिहरुले प्लेनको टिकट मागेपछि महोत्सवमा सहभागि बनाउन नसकेको बरु ति व्यक्तिहरुले नै समावेशीको मुद्दा भजायर महोत्सव बिठुल्न खोजेको आरोप लगाएका थिए।स्वयं आयोजकले नै अतिथि तालिकामा हेरफेर गर्दा धेरैको प्रश्न तेर्सिएको छ,के आयोजक अतिथि व्यवस्थापनमा चुकेकै हो?


सरोकारवालाहरु नै बेखबर बनेपछि
रोल्पाको सुनिलस्मृती गाउपालिका आयोजक बनेको ‘सुनिलस्मृति साहित्य महोत्सव’बारे आधिकारिक रुपमा जानकारी नभयको केहि सरोकारवालाहरुले गुनासो गरेका छन्।सुनिलस्मृति गाउपालिकाकै वडा नम्बर ४ का वडाअध्यक्ष गंज क्षत्रिले साहित्यिक कार्यक्रमलाई स्थानीय तहबाट केहि आर्थिक सहायता गर्ने भनिए पनि गाउपालिका नै महोत्सवको आयोजक बनेको प्रति अनबिज्ञता व्यक्त गरेका छन्। अध्यक्ष क्षत्रिले सामाजिक संजाल मार्फत आयोजकको विषयमा आधिकारिकता पुष्टि गर्न चुनौती दिदै महोत्सवबाट उत्पन्न हरेक जोखिमहरु आयोजकले लिनुपर्ने चेतावनी समेत दिएका छन्।त्यस्तै महोत्सवबारे आयोजकले कुनै पनि आधिकारिक खबर नदिएको भन्दै रोल्पाकै केहि सन्चार गृह,पत्रकार संगठन एवं साहित्यकारहरुले गुनासो समेत व्यक्त गरेका छन्।


विवादमा पहिलाका महोत्सवहरु पनि
रोल्पाको स्थानिय तहमा साहित्यिक महोत्सव आयोजना गर्ने एक प्रकारको लहर नै चलेको छ।यस अघि रुन्टिगढि गाउपालिकाले अक्षर महोत्सव र रोल्पा नगरपालिकाले गुराँस साहित्य महोत्सव आयोजना गरिसकेका छन्।आयोजकले भव्य रुपमा महोत्सवहरु आयोजना गरेको दाबि गरे पनि ति महोत्सवहरुमा छरपष्ट विवादहरु देखा परेका थिए।रुन्टिगढिको अक्षर महोत्सवमा आयोजकले स्थानिय उत्पादनलाई प्रवर्धन गर्न नसकेकोदेखि दाङ्बाट बासि खाजा नास्ताहरु भित्राएको समेत गुनासोहरु सार्वजनिक भयका थिए।त्यतिमात्रै होइन,महोत्सवको नाममा केहि व्यक्तिहरुले राज्यको ढुकुटि दोहोन गरेको आरोप लगाउदै रोल्पाका केहि राजनितिक दलहरुले विज्ञप्ति मार्फत महोत्सव बहिष्कार समेत गरेका थिए।साहित्य मार्फत रोल्पालाई पर्यटनसम्म जोड्ने प्रयास प्रशंसनिय रहे पनि आजसम्मका ति कार्यक्रमहरुले उत्साहपूर्ण भुमिका खेल्न नसकेको धेरैको गुनासो रहेको छ।


सुनिलस्मृती साहित्य महोत्सवको औचित्य के?
दशवर्षे माओबादी सशस्त्र जनयुद्वको उद्गमस्थल एवं केन्द्रिय आधार ईलाका हो रोल्पा।जहाँबाट नया नेपाल निर्माणको सुनौला सपना देख्दै हज्जारौले रगत बगाएका छन्।कयौ अंगभंग मात्र होइन कयौ रोल्पालीहरु आज पनि बेपत्ताको सुचिमा छन्।जनयुद्वको ति आधिहुरिभित्र उच्च तहको बलिदानि दिने एक कमाण्डर हुन् रोल्पाका किम बहादुर थापा(सुनिल)।तत्कालिन माओबादी सम्बद्ध जनमुक्ति सेना नेपालको पाचौ डिभिजनका कमाण्डर रहेका सुनिल शान्ति सम्झौताको नजिक अर्थात २०६२ मंसिर १४ गत्ते मनिमारेमा शहिद बनेका थिए।तिनै शहिद सुनिलको नामबाट रोल्पामा सुनिलस्मृती साहित्य महोत्सव हुदैछ।जनमुक्ति सेनाकै पाचौ डिभिजन अन्तर्गत मंगलसेन स्मृति बिर्गेडका कमाण्डर क्षितिजले शहिद सुनिलको‌ नाम महोत्सवमा जोडिए पनि महोत्सवमा कमाण्डर सुनिलको बलिदान र योगदानलाई साहित्य मार्फत कदर हुन नसक्ने दाबि गर्नु भयको छ।त्यस्ता महोत्सवहरुले केहि रौनकता पैदा गरे पनि अन्ततः राजनितिक बिचारहरु प्रवाह हुने भन्दै साहित्यिक टेवा कम अनि राजनितिक लाभ बढि हुने कमाण्डर क्षितिजको बुझाई रहेको छ।त्यस्तै पाचौ डिभिजनकै ज्वार स्मृति बिर्गेडका वटालियन कमाण्डर जानकुमारले कमाण्डर सुनिलको नाममा राज्यको ढुकुटि‌ रित्याउने बाहेक यस्ता महोत्सवहरुले केहि उपलब्धि हासिल नहुने दाबि गर्नु हुन्छ।कमाण्डर जानकुमारले महोत्सवको नाममा ठुलो बजेत खर्चिनु भन्दा ति बजेटले गरिब,विपन्नका छोराछोरिहरुलाई पढाई दिए उचित हुने तर्क राख्नुहुन्छ।


रोल्पाका प्राय:स्थानीय तह नेकपा माओबादीकै हातमा रहेता पनि‌ जनयुद्वका शहिद,वेपत्ता परिवार र घाइतेहरुले आफुहरुको उचित सम्मान हुन नसकेको गुनासो बारम्बार गरिरहन्छन्।त्यहि रोल्पामा देश परिवर्तनका निमित्त गोलि खायर शहिद बनेका सुनिलहरुका परिवार र गोलि बोकेर नारकिय जिबन बाच्न बाध्य सयौ सुनिलहरुलाई यो साहित्य महोत्सवका शब्दहरु चर्किरहने घाउहरुमा मलमपट्टि बन्ला या नुनचुक बन्ने होला?

प्रतिक्रिया दिनुहोस