ताजा अपडेट

कांग्रेस रोज्दै रोल्पाली माओबादी र एमालेका कमरेडहरु।

पुष१९रोल्पा-रुन्टिगढि गाउपालिकामा नेकपा एमाले र नेकपा माओबादि केन्द्र परित्याग गर्दै दर्जनौ कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
दशवर्षे माओबादी जनयुद्वको उद्गमस्थल समेत रहेको रुन्टिगढि गाउपालिका अन्तर्गत ५ नम्वर वडा बाईजाबाट आज एक कार्यक्रमका बिच नेपाली कांग्रेसले भव्यताका साथ माओबादी केन्द्र र एमालेका कार्यकर्ताहरुलाई ठुलो संङ्यामा भित्राएको हो।


प्रवेश गर्नेहरुमा घनश्याम थापाको नेतृत्वमा ओम राज कामी,खुमा बिक,राम बहादुर बिक,भिम बहादुर बुढा ,प्रेम बहादुर बुढा ,राम बहादुर बस्नेत,रितमति रोका,राजकुमार रोका लगायत रहेको नेपाली कांग्रेस रुन्टीगढी गाउपालिका सभापति जनक पुनले जानकारी दिनु भयको छ।

स्मरण रहोस् गत स्थानिय तहको निर्वाचनमा नेपाली काङ्ग्रेस ३ वटा वडाहरुमा विजयी बन्दै नेकपा एमालेको उम्मेदवारसंग गाउपालिकामा केहि मतले मात्रै पराजित बनेको थियो।नेकपा एमालेको अधिकांश रोल्पाली केन्द्रिय नेताहरुले‌ प्रतिनिधित्व गरेको यो क्षेत्र नेपाली कांग्रेस रोल्पाले पनि आफ्नो आधार क्षेत्रको रुपमा लिने गर्छ।

प्रतिक्रिया दिनुहोस