ताजा अपडेट

अखिल(क्रान्तिकारी)ले जिल्ला प्रशासन कार्यालय जुम्लामा ज्ञापनपत्र बुझायो।

पुस८ जुम्ला-नेत्र बिक्रम चन्द (विप्लव)नेतृत्वको नेपाल‌ कम्युनिस्ट पार्टी निकट अखिल(क्रान्तिकारी)जुम्लाले सार्वजनिक यातयातको भाडामा विद्यार्थीलाई सहुलियत कार्यान्वयनको माग गर्दै जिल्ला प्रशासन कार्यालय जुम्लामा ज्ञापनपत्र बुझाएको छ।


अखिल(क्रान्तिकारी)का केन्द्रीय सदस्य एवम् जुम्ला जिल्ला इन्चार्ज/संयोजक रमेश रावत “विक्रान्त”को नेतृत्वमा जुम्ला जिल्लाको १२औ जिल्ला सम्मेलन आयोजक कमिटीको टिमले सहायक जिल्ला अधिकारी नन्दराम चौलागाईंको कार्यकक्षमा गएर आज ज्ञापन पत्र बुझाएको हो।

अखिल(क्रान्तिकारी) द्वारा बुझाइएको ज्ञापनपत्र

नेपाल सरकारले सार्वजनिक यातायातको भाडामा विद्यार्थीलाई ४५ प्रतिशत,साठी वर्ष उमेर नाघेका जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई आरक्षण सहित ५० प्रतिशत छुटको व्यवस्था गरे पनि जुम्ला जिल्लाबाट सञ्चालन हुने लामो तथा छोटो दुरीका सार्वजनिक यातायातका साधनहरुमा छुट नदिएको प्रति सङ्गठनको गम्भीर ध्यानकर्षण भएको जिल्ला ईन्चार्ज रावतले बताए।ज्ञापनपत्रमा उल्लेखित ५ बुदालाई कडाईका साथ कार्यान्वयन गराउन र निरन्तर अनुगमन गर्न समेत संगठनले माग गरेको छ ।
जिल्लामा पछिल्लो समयमा अनेकौं खाले जघन्य अपराधका घटनाहरु बढ्दो क्रममा रहेको तर राज्यव्यवस्थाको जवाफदेहिता नरहेको त्यसकारण यसलाई न्युनिकरण गर्न महिला तथा विद्यार्थी ,छात्राहरूलाई विद्यालय र स्थानीय निकायमा शसक्तिकरण तालिमको माग समेत अखिल(क्रान्तिकारी) ले राखेको छ।

सहायक जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउदै बिधार्थिहरु

मुलुकमा बढ्दो महिला घरेलु हिंसा र बलात्कार जस्ता घटनाले नेपाली समाजलाई बिकृत विसंगतितर्फ उन्मुख गराइरहेकाले यसलाई पनि न्युनिकरण गर्न जिल्ला प्रशासन कार्यालायमा माग गरिएको छ।साथै समयभित्र संगठनले राखेका मागहरुलाई कार्यान्वयन नगरे अखिल(क्रान्तिकारी जुम्ला जिल्लाले कडा संघर्षका कार्यक्रम सञ्चालन गर्ने चेतावनी समेत दिएको छ।

यस्ता छन अखिल(क्रान्तिकारी )जुम्लाले राखेका मागहरु:


१) नेपाल सरकार र सयुक्त विद्यार्थी संठन बिच भएको सहमति लाई तत्काल कार्यान्वयन गरि यातायात मा विद्यार्थीलाई ४५ प्रतिशत र जेष्ठ नागरिक तथा अपांगता भएका व्यक्ति लाई ५० प्रतिशत भाडा दर तत्काल निर्धारण गरि कार्यान्वयन गरियोस।

२) गुणस्तरहिन र मापदण्ड नाघेका यातायात साधन को तत्काल अनुगमन गरि त्यस्ता साधन संचालन् गर्न रोक लगाइयोस्।

३)यातायातमा हुने दुर्घटनालाई रोक्न तत्काल सडकको बैज्ञानिक स्तरबाट अध्ययन गरि सडक निर्माण तथा मर्मत गरियोस्।

४)प्रत्येक स्थानीय तह भित्र रहेका मुख्य सार्वजनिक स्थान जस्तै बसपार्क, सेमिनार र अन्य स्थानहरु लाई व्यबस्थित र मर्यादित बनाउन सम्बन्धित निकायद्वारा बिशेष जोड दिइयोस्।

५)छात्राको आत्मरक्षाका लागि एक विद्यालय एक छात्रा तालिम केन्द्रको व्यवस्था गर्न सम्बन्धित निकायद्वारा तत्काल पहल गरियोस्।

प्रतिक्रिया दिनुहोस