ताजा अपडेट

शान्त कमरेडको बिद्रोहि पाराले अशान्त बन्दै रोल्पा।

पुष३,रोल्पा- रोल्पा जिल्लाको त्रिवेणि गाउँपालिका अध्यक्ष शान्त कुमार वलीले बिद्रोहात्मक निर्णय गरेका छन्।जसले रोल्पामा शान्त कुमारको राजनितिक परिचय माथि अशान्तमय वातावरण सिर्जना गरेको छ।
गत स्थानिय तहको चुनाबमा नेकपा एमालेबाट विजयी बनेका शान्तकुमारले १६ महिना अगाडि नियुक्त आफ्नै प्रेस संयोजक प्रतिज्ञा मगरको जिम्मेवारी खोसिदिएका छन्।कमर्चारीहरुलाई खुसि राख्न नसकेको,गाउँपालिका भित्रका गतिविधिहरु मिडियासम्म पुगाउन असक्षम रहेको एवं सामाजिक संजालमा आफ्नो गलत समाचार सम्प्रेषणतिर लागेको जस्ता आरोपहरु लगाउदै अध्यक्ष शान्त कुमारले एक विज्ञप्ति मार्फत प्रेस संयोजकलाई बिदाई गरेको जानकारी दिएका छन्।


यता भर्खरै एमालेबाट बिभाजन हुदै बनेको नेकपा(एकिकृत समाजबादि)पार्टिले भने त्रिवेणी गाउँपालिकामा प्रेस संयोजक माथि राजनितिक प्रतिसोध साटिएको आरोप लगाएको छ।पार्टिका जिल्ला अध्यक्ष हरिप्रसाद घर्तिले एक विज्ञप्ती जारी गर्दै शान्तकुमार वलिको ठाडो निर्देशनमा प्रेस संयोजकलाई निष्कासन गरिएको भन्दै कडा बिरोध समेत जनाएका छन्।विज्ञप्तिमा भनिएको छ-आफुलाई कम्युनिस्ट भन्नेहरु तानाशाही प्रवृत्ति एवं सामन्ती सोचमा परिचालित हुदैछन् जसको उदाहरण शान्त कुमारले बिचार नमिलेकै कारण प्रेस संयोजक माथी अन्याय गरेर प्रस्तुत गरेका छन्।साथै सोहि बिज्ञप्ती मार्फत तत्काल उक्त गलत निर्णय नसच्चिए एकीकृत समादवादिले कडा जवाफ दिने समेत चेतावनी दिइएको छ।


प्रेस संयोजक प्रतिज्ञालाई जिम्मेवारीबाट हटाएको प्रति रोल्पा जिल्लाका सक्रिय अन्य राजनितिक दलहरुले समेत खरो प्रतिवाद गरेका छन्।आज एक संयुक्त विज्ञप्ति जारी गर्दै नेकपा माओबादी केन्द्र,नेपाली काङ्ग्रेस लगाएतका दलहरुले शान्तकुमारको उक्त निर्णय अराजनितिक व्यवहार भन्दै उनलाई छोटे राजाको संज्ञा समेत दिएका छन्।प्रेस संयोजकले फरक बिचार राख्दैमा उनलाई बर्खास्त गर्नु निकै गैरजिम्मेवारी एवं लज्जासपद हर्कत भयको विज्ञप्ति मार्फत टिप्पणी गरेका छन्।

प्रेस संयोजकको जिम्मेवारीबाट हटेपछि पत्रकार प्रतिज्ञा मगरले पनि सामाजिक संजाल मार्फत एक विज्ञप्ति जारी गरेकि छिन्।विज्ञप्ति मार्फत उनले अध्यक्ष शान्त कुमार वलीले आफुमाथि निराधार र तर्कहिन आरोप लगाउदै आफ्नो चरित्रहत्या गर्न खोजेको स्पष्ट पारेकि छिन्।उनले आफुमाथि राजनितिक पुर्वाग्रहि तरिकाले अन्याय गरेर अध्यक्ष पानिमाथिको ओभानो बन्न खोजेको विज्ञप्तिमा जनाएकि छिन्।


त्यस्तै रोल्पाको त्रिवेणी गाउपालिकामा शान्त कुमार वलीको निर्णयप्रति उनका कार्यकर्ताहरु असन्तुष्ट बनेका छन्।अर्जुन सबाङ्गी मगर नाम रहेका एक युवाले फेसबुक मार्फत पार्टि नेताले अन्यायपूर्ण निर्णय गरेको भन्दै पार्टि परित्यागको घोषणा समेत गरेका छन्।आजसम्म पार्टिमा ज्यानको बाजि राखेर संघर्ष गरेको बदलामा पार्टिको यस्तो हर्कत देख्नु‌ परेको गुनासो उनले फेसबुकमै सार्वजनिक गरेका छन्।

स्मरण रहोस् त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्कुमार वली नेकपा एमालेका रोल्पा जिल्लाका नेता हुन्।

प्रतिक्रिया दिनुहोस