ताजा अपडेट

विप्लवका नेताहरुलाई रोल्पामा भव्य स्वागत!!

मंसिर २५,रोल्पा- नेत्रविक्रम चन्द ( विप्लव ) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टिका नेताहरुलाई रोल्पामा भव्य स्वागत गरिएको छ।रोल्पाको जुगारमा आज पार्टिको एक प्रशिक्षण कार्यक्रमका लागि उपस्थित नेताहरुलाई स्थानिय जनताहरुले अबिर मालासहित स्वागत गरेका हुन्।


नेपाल कम्युनिस्ट पार्टिका रोल्पा जिल्ला इन्चार्ज केश बहादुर बाठा (सुवास)को अध्यक्षतामा शुरु भयको राजनितिक वैचारिक प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथि केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढा मगर ( विषम ) रहनु भयको थियो भने अन्य अतिथिमा भक्तपुर जिल्लाका पूर्व डिसिएस बुद्दिलाल पुन समेतको उपस्थिति रहेको थियो।


प्रशिक्षण कार्यक्रममा बोल्दै प्रमुख अतिथि विषमले नेपाल कम्युनिस्ट पार्टिसंग राज्यले गरेको तिनबुदे सम्झौता कार्यान्वयन गर्नमा राज्यले ढिलासुस्ति गरेको प्रति चर्को आपत्ति व्यक्त गर्नु भयको थियो।राज्य आफैले गरेको सम्झौता प्रति जिम्मेवार बन्न आग्रह गर्दै नेता विषमले सम्झौता अक्षरंस पालना नगरे राज्यले ठुलो मुल्य चुकाउन तयार रहन समेत चेतावनी दिनु भयको थियो।


दलाल संसदिय व्यवस्थाको विकल्पमा नेकपाले अघि सारेको बैज्ञानिक समाजबाद नै उपयुक्त विकल्प रहेकै कारण पार्टिलाई जनताहरुले अतुलनिय साथ दियको भन्दै उहाँले पार्टि एकताको हल्ला सत्य नरहेको बरु क्रान्तिले आवश्यक ठाने फेरी वलिदान गर्न पार्टि तयार रहेको स्पष्ट पार्नु भयो।मुलुकको राजनितिक परिवर्तनमा रोल्पाले गरेको वलिदान संस्थागत गर्न पार्टि निरन्तर संघर्षमा रहेको र फेरि नेकपाबाट जनतालाई धोका नहुने नेता विषमले दाबि गर्नु भयको थियो।

दशवर्षे जनयुद्वका समयमा एक इमान्दर र त्यागि नेताको परिचय बनाएका रोल्पा‍ली नेता “विषम”ले जनयुद्वका एजेण्डा र उपलब्धिहरु प्रचण्ड लगाएतले दलाल संसदबादको टोकरिमा मिल्काएपछि पुन: नेकपाले क्रान्तिको झण्डा उठाएको स्पष्ट पार्नु भयको थियो।साथै उहाँले एकिकृत जनक्रान्तिको बाटोमा रगत बगाउनु भयका महान् शहिदहरुको सपना क्रान्तिकै माध्यमबाट पुरा गरिने प्रण समेत व्यक्त गर्नु भयको थियो।


कार्यक्रममा त्रिवेणि गाउपालिका भित्रका सबै गाउँ कमिटि इन्चार्ज एवं सेक्रेटरीहरुले आ-आफ्नो क्षेत्रका पार्टिको संगठनात्मक रिपोर्ट प्रस्तुत गरेका थिए।प्रस्तुत अधिकांश रिपोर्टमा पार्टिले अवलम्वन गरेको एकिकृत जनक्रान्ति,राज्यको चरम दमन,प्रतिबन्ध हुदै राज्यसंगको तिनबुदे सम्झौतासम्म आईपुग्दा जनस्तरमा नेपाल कम्युनिस्ट पार्टिले थप उचाई हासिल गरेको स्पष्ट पारिएको थियो। केहि समय भावुकता र केहि समय उत्साहपूर्ण वातावरणमा रहेको प्रशिक्षण कार्यक्रममा बोल्ने पूर्व जनमुक्ति सेनाहरुले आफुहरुले मुलुकको राष्ट्रीयता र स्वाधीनताको निमित्त हतियार चलाउन बिर्सिएको हैन विश्राम मात्र लिएकाले आवश्यक परे विष्पोट रहन तयार रहेको अभिव्यक्ति दिएका थिए।


रोल्पा जिल्लाका सेक्रेटरी दिनेश विक्रम चन्द (मानव) ले संचालन गर्नु भयको उक्त प्रशिक्षण कार्यक्रममा रोल्पा जिल्लाका विषेश कमिटि सदस्य सन्तोष सुवेदि ( प्रयास )ले स्वागत मन्तव्य राख्नु भयको थियो।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टिका स्थानिय नेता कार्यकर्ता,पूर्व जनमुक्ति सेनाहरु,जनयुद्वका घाइते अपांग र शहिद बेपत्ता परिवारका सदस्यहरुको समेत उत्साहजनक सहभागिता रहेको थियो।।

प्रतिक्रिया दिनुहोस