ताजा अपडेट

रोल्पामा नेकपाको प्रशिक्षण कार्यक्रम सम्पन्न।

मंसिर २४, रोल्पा/ रोल्पाको सुलिचौरमा नेपाल कम्युनिस्ट पार्टिको प्रशिक्षण कार्यक्रम सम्पन्न भयको छ।जिल्लाको पूर्वी क्षेत्रका सुनिलस्मृती गाउपालिका सहित तीनवटा गाउँपालिका र एक नगरपालिका गरि चार गाउँपालिका स्तरीय संयुक्त नगर, गाउँ कमिटी स्तरीय राजनैतिक- बैचारिक प्रशिक्षण कार्यक्रम भयको हो।

नेकपा केन्द्रिय सदस्य तथा रोल्पा जिल्ला इन्चार्ज क.सुवासको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथि नेकपा केन्द्रिय सचिवालय सदस्य सन्तोष बुढामगर रहनु भयको थियो।त्यस्तै विषेस अतिथिमा नेकपाका केन्द्रिय सदस्य तथा काभ्रे जिल्लाका इन्चार्ज मोहनलाल चन्द (आधार)को उपस्थिति थियो भने रोल्पा जिल्लाका सुनिलस्मृति,सुनछहरी,लुङ्री गाउपालिका एवं रोल्पा नगरपालिकाका सेल कमिटी, एरीया कमिटीका सेक्रेटरी र सदस्यहरुको उउत्साहपूर्ण सहभागिता रहेको थियो।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुढामगरले नेपाल कम्युनिस्ट पार्टि देश र जनताप्रति बफादार रहेकै कारण फेरी यतिबेला जनताकै बिचबाट आफ्ना रणनीति र कार्यनितीलाई बैज्ञानिक समाजवादका निमित्त जनमत संग्रह मार्फत अगाडि बढ्ने विषयमा पार्टि दृढ रहेको बताउनु भयको छ।साथै उहाँले बिचारको रक्षाको निमित्त पार्टि प्रशिक्षण र पार्टि संगठनलाई विशेष ख्याल राख्नु पर्ने र रुपमा सुधारवाद र सारमा क्रान्तिको रणनीति नेकपाको सिद्धान्त भयको स्पष्ट पार्नु भयो।मुलुकमा असफल दलाल संसदिय व्यवस्थाका भरौटे,दलाल र भ्रष्टाचारीहरुसंग लड्ने एकमात्र पार्टि नेपाल कम्युनिस्ट पार्टि भयकाले पनि जनस्तर मार्फत पार्टिलाई हरेक दृष्टिकोणबाट अथाह साथ,सहयोग मिलेको बुढामगरले दाबि समेत गर्नु भयको थियो।


साथै प्रशिक्षणमा एरीयाका सेक्रेटरीहरुले रिपोर्टीङ गर्ने काम भएको थियो। सबैले आ–आफ्ना एरीयामा भए गरेका संगठनात्मक कार्यको रिपोट प्रस्तुत गरेका थिए । सुनछहरी गा.पा.का एसिएस हर्क घर्ती मगर, लुङग्री गा.पा.का एसिएस श्रवण, रोल्पा नगर कमिटीका एसिएस सिजन र सुनिलस्मृतिका एसिएस प्रतिप लगायतले आफ्ना मातहतका एरियाको रिपोर्ट राखेका थिए।कार्यक्रममा पार्टी टुटफुट, संगठन निर्माण देखि पार्टिको आगामी उद्देश्यको वारेमा विस्तृत प्रशिक्षण भएको थियो।


रोल्पा जिल्ला विशेष कमिटी सदस्य सन्तोष सुबेदीको स्वागत मन्तव्यबाट सुरु भयको उक्त प्रशिक्षण कार्यक्रमको सन्चालान रोल्पा जिल्ला सेक्रेटरी दिनेश विक्रम चन्द (मानव)ले गर्नु भयको थियो।

प्रतिक्रिया दिनुहोस