ताजा अपडेट

एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न।

रोल्पा,सुनिलस्मृति गाउँपालिकाको सुलिचौरमा रोल्पा जिल्लाका तीनवटा गाउँपालिका र एक नगरपालिका गरी चार गाउँपालिका भित्रका माध्यमिक विद्यालयका प्रधानाध्यापकहरुको एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।


सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुकालागि स्टेम शिक्षा सम्वन्धी कार्यक्रम सुनिलस्मृति ४ इमिजा होटलमा संचालन भएको हो । समाजिक विकास डिभिजन कार्यालय प्यूठानको आयोजनामा संचालन भएको उक्त कार्यक्रममा परिवर्तित समयसँगको आजको शिक्षा प्रविधियुक्त भएको र यस प्रविधिसंग अहिलेको शिक्षा र शिक्षक विद्यालर्थीहरुले ख्याल गर्नु पर्ने कुराहरुको वारेमा विस्तृत जानकारी कार्यक्रमका संचालक तथा डिभिजन कार्यालयबाट प्रशिक्षकका रुपमा आउनु भएका विशाल पोखरेलले प्रोजेक्टर मार्फत प्रशिक्षण दिनुभयको थियो।

विशेष गरी गणित, विज्ञान, इन्जिनियर जस्ता प्रविधिसँग प्रत्यक्ष प्रभावित विषयहरुलाई अलि गहन रुपमा अध्ययन गरेर शिक्षण गर्नु पर्ने अवस्था रहेको भन्ने विषयलाई कार्यक्रममा प्रस्तुत गर्नु भएको हो । अवका दिनहरुमा हामीले द्रुत गतिमा चलिरहेको संचार क्षेत्रसँग शिक्षालाई पनि गहिरो मेहनतकासाथ दक्ष जनशक्ति उत्पादनतिर जागरुक हुने कुरामा उपस्थित प्रधानाध्यापकहरु अलि जटिल रुपले मेहनत गर्ने कुरामा प्रशिक्षक पोखरलेलले स्पष्ट पार्नु भयको थियो।

कार्यक्रम पहिलो र दोश्रो चरमा विभाजन गरी पहिलो उद्घाटन र दोश्रो प्रशिक्षण चरणको थियो । उद्घाटन सत्र सुनछहरी गाउँपालिकाका शिक्षा प्रमुख नारायण गिरीको प्रमुख आतिथ्यतामा रहेको थियो । भने आयोजक समिति तथा सामाजिक डिभिजन कर्यालय प्यूठानका प्रमुख विष्णु प्रशाद भुषालको सभापतित्वमा संचालन भएको कार्यक्रममा डिभिजन कार्यालयका ६औंं अधिकृत हुतराज भट्टराईले पछिल्लो चरणको माध्यमिक तथा ए.इ.इ.को रिजल्ट (परिणाम) ले लुम्बिनी प्रदेश निराश भएको जानकारी दिनु भयो । लुम्बिनी प्रदेशको अहिलेको एस.ई.ई. नतिजा हेर्दा १००मा ७३ प्रतिशत फेल र २७ प्रतिशत मात्र उतिर्ण भएको परीक्षा परिणामले अव हाम्रो शिक्षाको नतिजा कता जादैछ त भन्ने कुराको सन्देश दिएको बताउनु भएको हो । यो योजना पूर्व माननीय सुदर्शन बरालको योजनामा निर्माण कार्य योजना हो र कोभिड १९को कारण ढिलाभएको भन्दै अवका दिनहरुमा कार्यक्रम द्रुत गतिमा गर्ने बताउनु भएको छ ।

रोल्पा जिल्लाले मात्र नभै अवका दिनमा लम्विनी प्रदेश लगायत नेपाल सरकारले सामुदायिक विद्यालयको निम्ति पास गराउने मात्र होईन कि विद्यालबाट पास भई उच्च शिक्षा हासिल गर्न का जान्छन् र त्यस पछिका दिनहरुमा के–के गर्दछन भन्ने कुराको जिम्मेवारकासाथ भूमिका खेल्नु पर्ने कुरा बताउनु भएको छ । जिपीए मात्र होईन विद्यार्थीको भविष्य र देशको ईज्यतको बारेमा सोच्नु पर्ने अवस्था प्रत्येका शिक्षकहरुको पनि दायित्व भएको जनाउदै कार्यालय प्रमुख तथा कार्यक्रमका सभापति विष्णु प्रसाद भुषालले स्पस्ट पार्नु भएको छ । कार्यक्रममा सुनिलस्मृति गाउँपालिकाका शिक्षा प्रमुख यादव केसी लगायत सम्पूर्ण चार गाउँपालिकाको मा.वि. प्र.अ र प्रतिनिधित्व गरि आउनु भएका शिक्षकहरुको बाक्लो उपस्थिति रहेको थियो । भने प्रशिक्षक विशाल पोखरेलले प्रोजेक्टरमार्फत सिकाइलाई चाखलाग्दो गरि संचालन गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस