ताजा अपडेट

केपि बा लाई माओबादि कमाण्डरको खुल्ला पत्र!!

केपी बा लालसलाम ।
तपाईको सु–स्वास्थको कामना गर्दछु ।
विशेष पत्राचार गर्नुको कारण : यहाँको चलिरहेको महाधिबेशन उद्वघाटन र बन्दसत्र सफलताको शुभकामना दिन चाहान्छु ।
यस सन्दर्भमा म र मेरा सहयौद्वाहरुलाई सम्झिनु भयो , आभारी नै छौ तथापि हामी पुर्व लडाकु (तपाईकै शब्द सापटी) घाईते , अपाङ्गलाई तपाईको नेतृत्वको पार्टीले जिम्मेवारी लिएर हरेक समस्या समाधान गर्ने आफ्नो सुभेक्षा प्रकट गर्नुभयो प्रसंग बस वा संयोग पटक–पटक आह्वान गरिरहँदा अपमानित भएको महसुस गरेको छु ।

तपाईंको जेल जीवन र त्यो आस्था । पुर्व जनमुक्तिसेनाको त्याग,समर्पण र बलिदान सायद कौडि र किलो मै फरक पर्छ । तपाईले भन्ने गरेको १४ बर्षे जेल जीवनको त्यागको नाफा जहाँ नाप्दै हुनुहुन्छ , कौडिमा ! तपाईकै शव्दमा लडाकु , जनमुक्ति सेनाहरुको त्यो भन्दा बिरताको सयौ गाथाले यो परिर्वतन संम्भव भएर नै तपाईं गणतान्त्रिक नेपालको तीन–तीन पटक प्रधानमन्त्री बन्नुभएको हो कमरेड ! तर जो धरातल बाट र मञ्चबाट भाषण भ्रम दिदै हुनुहुन्छ , अलिकति नि लाज छैन र केपि बा ?

जनमुक्ति सेना र जनयुद्व एक ईतिहास हो । जसले राजनैतिक, सामाजिक, साँस्कृतिक र आर्थिक रुपमा बिभेदमा पारिएको हरेक क्षेत्रहरुकाको बिद्रोह हो । त्यो संगठित बिद्रोह मार्फत सदियौ देखिको शोषण,अन्याय र दमनहरुको सामाना गरेर तत्तकालिन राजा अर्थात राजतन्त्र फाल्ने हरुको हैसियत र आस्थामाथी दिन दहाडै धावा वोल्ने केपी वा तिमी को हौ र ?

एउटा साधारण मानिसको घाँटी रेटेर १४ बर्ष जेल बसे भनेर फुर्ति लाएँ जस्तै हो र जनमुक्ति सेना ? मेशिन गण सँग “मुक्ति र मृत्यु” को कसम खाएका योद्वाहरुलाई नारायणी मञ्चबाट आह्वान गर्दैमा उपचार खर्च जोहो गर्छु भन्दैमा यत्ति सहानुभुतिले पुग्ने बिचारको हो र जनमुक्ति सेना ?

आमूल परिवर्तनका खातिर हजारौ यौद्वाहरुले बलिदान दिएर आफ्नो जीवनलाई अंगभगं गरेर जनताको भावनालाई सम्मान गर्दै बृहत् शान्ति सम्झौताको मुल मर्म र स्प्रिडलाई पकडेको पुर्व जनमुक्ति सेनालाई लेभर कन्ट्याक वा भाडाका सिपाही जत्तिको हैसियत दिएर जुन अपमानित शव्दले सम्बोधन गरिरहनु भा छ कमरेड ।

यसले त तपाईको पार्टी र तपाईको नेतृत्वको हैसियत उदाङ्गो मात्रै पारिदिएको छ । हामीलाई थाहा छ , बा को पार्टीमा समाहित भएका केहि पुर्व जनमुक्तिसेनाले रिपोर्ट गरेका छन् । बा तपाईले सार्वजनिक आह्वान दिनुहोला प्रभाव पर्नेवाला छ । भनेका भरमा ! तर तपाईं भन्दै हुनुहुन्छ लडाकु ?

उनै हिजो एउटै थालिमा भात खाएर, एउटै झोला बोकेर एउटै बाटो हिडेर विश्राम लिदाका केही नकचरा तर आदेशपालक सहपाठी वा सहयोद्वाहरुको रिपोर्ट छ, यता त भ्रम मात्रै रहेछ , हामी त फस्यौ ? न त जनवाद न त केन्द्रियता कुनै स्वादको संगठन र आचरण, न बिचार बहस “ने.क.पा. एमाले पार्टी सके बा ले” भन्ने उखान नै छ उनै बन्दसत्रे साथिहरुको भनाई हो यो ।

भनेपछि त्यो अवस्थामा रहेका बन्दसत्रका साथीहरु नै निराशामा छन् भने आफ्नै भित्रका खाटी एमाले रावल र भुषाल जस्ताको घाउँमा महलमपट्टि बाध्नु भन्दा को अलावा थप घाउँ बल्झाउनु नपर्ला कि के पी ?

मैले देखेको बैचारिक रुपले सकिएको रामसिता हनुमानेवाद सँग गठजोड चल्ने तर माक्र्सवाद, लेनिनवाद उच्चारण गर्न लजाउने बा सँग मालेमावादी बिचारले लेँस जनमुक्तिसेनालाई माया र सद्वभाव देखाउनु लज्जास्पद नै हुन्छ । हुन त तपाईं सबै प्रकारका गहन कुराहरुमा मजाक गर्ने कमेडी बा लाई कमेडियन शैलीमा तनाव मेन्सनको एउटा झुर दिमागलाई फ्रेस बनाउन नि जनमुक्तिसेनाको सद्वभाव छ । अनि माया छ । त्यो बाहेक अन्यथा आशा गर्नु र भ्रममा पर्नु शिवाय अरु हुदैन – के पी बा ?

हामीलाई थाहा छ बा ? बृहत् शान्ति सझौता अनुसार दन्द्वरक्त पक्ष बिच मेलमिलाप गर्न नदिने को केपी बा , लडाकुहरुको घाईते उपचार खर्च कटौती गर्ने को केपी बा , बहिर्गमन सेना साथीहरुको अलिकति खर्च आउने सुबिधा रोक्ने को केपी बा , लडाकु त लडाकु कुहिएको फर्सी भनेर अपमानित गर्ने को केपी बा ? यसकारणले मोहित र मख्ख हुने धेरै उदाहरण बिच गहिरो सम्बन्ध चिनजान छ केपी बा ।
यस मार्मिक अनि गहिरो परिचयका बिच पनि बेला बखत सम्झनुहुन्छ , तपाईको नाटकिय माया र सद्वभाव प्रति हामीलाई गिज्याँए जस्तो लाग्छ , होच्याए झै लाग्छ , कता–कता लखेटी रहेझैँ लाग्छ र सुकेको घाउ फेरि कोट्याएर आलो घाउ बनाए जस्तै लाग्छ , कृपया “वी लभ यु” युवतिहरुका बा ।

मैले नि तपाईलाई बा भनेर संयममित तरिकावाट नै धेरै कुरामा पत्राचार गरौ लागेको थियो । कसैको “हात छुच्चो र कसैको मुख छुच्चो” भने झै तपाईले गरेको सस्तो लडाकु अपमान भाषण र मैले लेखेको बाध्यात्मक पत्राचार भित्र अब देखिन गहिरो सम्बन्ध नबनोस् यही आशा गर्दछु ।
धन्यवाद
पुर्व जनमुक्ति सेना नेपाल बिर्गेड कमाण्डर
टक बहादुर घर्ति ’मुनाल ’

प्रतिक्रिया दिनुहोस