ताजा अपडेट

त्रिवेणी ३ राना गाउँमा शिवस्वरुप चुन ढुङ्गा खानीको लापरबाही विरुद्ध चरणबद्व सङ्घर्ष गरिने

होलेरी- रोल्पाको त्रिवेणी गाउँपालिका वडा नं ३ राना गाउँमा सञ्चालित शिवस्वरुप खनिज चुन ढुङ्गा खानीले चरम लापरबाही गरेको भन्दै स्थानीयहरुले चरणबद्व रुपमा संघर्ष गर्ने बताएका छन् ।

सोमबार संघर्ष समितिले राना गाउँमा आयोजना गरेको पत्रकार सम्मेलनमार्फत शिवस्वरुप चुनढुङ्गा खानीको चरम लापरबाहीका कारण स्थानियहरुले यातना र त्रास पाइरहेकाले माग सम्बोधन नहुँदासम्म निरन्तर संघर्षका कार्यक्रमहरु गर्ने संघर्ष समिति अध्यक्ष ओमअराज घर्तीले चेतावनी दिएका छन् ।

घर्तीको संयोजकत्वमा १६ सदस्यीय संघर्ष समितिमा सबै दलको सहभागीता रहेको जानकारी दिएका छन् ।संयोजक घर्तीका अनुसार सोमबार साझ खानीलाई सम्बोधन गरेर संघर्ष समितिले पत्राचार गर्ने तयारी रहेको छ ।माग सम्बोधन नहुँदासम्म खानी क्षेत्र उत्खनन सम्बन्धि सम्पुर्ण कार्य रोक्न पत्र पठाउने र यदि मंगलबार खानीले बेवास्ता गरेको खण्डमा संघर्ष समिति खानी क्षेत्रमा पुगेर सबै क्रियाकलाप बन्द गराउने उनले जानकारी दिएका छन् ।

संघर्ष समितिले रोल्पा चुन ढुङ्गा प्रालि र शिवस्वरुप खनिज उद्योगलाई लेखेको पत्र

`हामि शान्तिपुर्ण संघर्षको तयारी गरिरहेका छौँ।त्रिवेणीका संस्थापक पालिका अध्यक्ष शान्त कुमार वली ज्यु को संयोजकत्वमा वार्ता टोली पनि वार्ताका लागि तयारी अवस्थामा रहेको छ´-संघर्ष समिति संयोजक घर्तीले भने ।

के छन् चुन ढुङ्गा खानीसंग स्थानीयका माग ?
सोमबार स्थानीय राजनैतिक दलका प्रतिनिधि तथा सर्वसाधारण नागरिकका सहभागीता रहेको पत्रकार सम्मेलन कार्यक्रममा संघ समिति अध्यक्ष घर्तीले दिएको जानकारी अनुसार राना गाउँमा चुन ढुङ्गा खानी सञ्चालन गर्ने शुरुवाती समयमा कुल ६२ घरधुरी संख्या रहेको राना गाउँको पुरै बस्ती नै चुन ढुङ्गा खानीले किनि दिने लिखित सम्झौता भएको थियो ।हालसम्म खानीले ३०/३५ घरधुरीको मात्रै जग्गा खरिद गरि दिएको छ ।बाँकि बचेका घरपरिवार मध्ये केहिका जग्गा किनिदिने भनेर बयना रकम समेत बुझाएको छ ।तर म्याद गुज्रिएको वर्षौँ बितिसक्दा समेत जग्गा खरिद गरिदिएन ।

निरन्तर जारी रहेको खानी उत्खननको कार्यले बचेका बस्तीमा वायु र ध्वनि प्रदुषणका कारण उनीहरुको दैनिकी यातनादायी बन्दै गइरहेको छ ।बालीनाली धुलो धंकारले छोप्ने देखि राना गाउँको विद्यालयमा समेत ध्वनि प्रदुषणले पठनपाठनमा प्रतिकुल असर पुर्याइ रहेको छ ।उनिहरुका स्वास्थ्यमा,दैनिकी तथा जनजिविका विरुद्ध नै शिवस्वरुप चुनढुङ्गा खानीले चरम लापरबाही गरिरहेको उनीहरुको निष्कर्ष रहेको छ ।बारम्बार पुर्व सहमति कार्यान्वयन गर्न माग राखेपनि खानीले स्थानियहरुका माग सुनुवाइ नगरेको उनीहरुको गुनासो रहेको छ ।स्थानीय सरकार त्रिवेणी विरुद्ध शिवस्वरुप चुनढुङ्गा खानीले सर्वोच्च अदालतमा जाहेर गरेको मुद्दा बिचाराधिन रहेको छ ।सर्वोच्चले चुन ढुङ्गा खानी सञ्चालन गर्न स्टे अर्डर दिएको छ ।शिवस्वरुप चुनढुङ्गा खानीले स्थानीय सरकारलाई बुझाउनु पर्ने नियमानुसारको राजस्व पनि छलि गरेको संघर्ष समितिको आरोप रहेको छ ।

प्रतिक्रिया दिनुहोस