ताजा अपडेट

रुन्टीगढी ६ नं वडा कार्यालयद्वारा आयोजित  तीज मिलन कार्यक्रम २०८१ सम्पन्न

होलेरी- मंगलबार रुन्टीगढी गाउँपालिका वडा नं ६ को कार्यालयले तीज मिलन कार्यक्रम २०८१ सम्पन्न गरेको छ।

६ नं वडा अध्यक्ष घनबहादुर घर्तीको अध्यक्षता एवं निवर्तमान रुन्टीगढी गाउँपालिका अध्यक्ष तथा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य बालाराम बुढाको प्रमुख आतिथ्यमा एक कार्यक्रमबिच सयौं वडावासी महिलाहरू सहभागीता रहेको थियो।

कार्यक्रममा वडापालिका भित्रका सम्पुर्ण आमा समुहहरुको सहभागीता रहेको थियो।स्थानिय समाजसेवी गोपी घर्ती,नेपाली काङ्ग्रेस रुन्टीगढी ६ का सभापति केशरबहादुर वि.क.नेकपा एमाले वडा नं ६ का प्रतिनिधि तिलक पुन,नेकपा माओवादी रुन्टीगढी ६ कमिटी अध्यक्ष रेशम वि.क. नेकपा एमाले रोल्पा जिल्ला सचीव नेपबहादुर थापा लागयतका बक्ताहरुले तीजको शुभकामना प्रदान गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बालाराम बुढा मगरले चाडपर्वहरु मनाउँदा पछिल्लो समय समाजमा खर्चिलो पन,देखासेखी,अमार्यादित गतिविधि बढ्दै गइरहेकाले मौलिक ढंगले क्षमता अनुसार पर्व मनाउनु पर्ने कुरामा जोड दिएका थिए।वडा अध्यक्ष घर्तीले सांस्कृतिक महत्व बोकेका पर्वहरु मध्ये तीज पर्व पनि नारीहरुका लागि महत्वपूर्ण भएकाले वडा कार्यालयले मौलिक संस्कृतीको जगेर्ना गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताएका थिए।शाथै आयोजक वडा कार्यालय रहेपनी तीज मिलन कार्यक्रमको खर्च राज्यकोषलाई भर नबोकाएर आफ्नै सेवा सुबिधा मार्फत ब्यबस्थापन गर्ने जानकारी दिएका थिए।सयौंको संख्यामा सहभागीहरुको उपस्तिथि रहेको थियो।मौलिक भाकाहरुमा मादल र बासुरी सहित नाचगान कार्यक्रम समेत रहेको थियो।

प्रतिक्रिया दिनुहोस