ताजा अपडेट

दाङ बसेर रोल्पाको रुन्टिगढिमा राजनीति गर्ने नेताहरु,कतिपय चुनावमा मात्रै सलवलाउँछन्

होलेरी- रोल्पाको रुन्टीगढीलाई राजनैतिक थलो बनाएर अधिकांश राजनैतिक दलका नेता कार्यकर्ताहरु दाङ बस्दै आएका छन् ।उनीहरु पार्टीको कुनै कार्यक्रम र चुनावको बेला रुन्टीगढीमा अग्रपंक्तिमा सलबलाएको पाइन्छ ।

उनीहरु रुन्टीगढीको राजनैतिक निर्णय गर्न र चुनावको समयमा जनतालाई आश्वासन दिन अब्बल मानिएका छन्।उनीहरु मध्ये कतिपय रुन्टीगढी गाउँपालिकाका र वडाका पुर्व जनप्रतिनिधि,चुनावी उम्मेदवार र कतिपय दावेदार समेत रहेका छन् ।रुन्टीगढीका विभिन्न प्रमुख राजनैतिक दलका प्रमुख तथा कार्यकर्ताहरु अधिकांश समय परिवार सहित दाङमै बस्ने गर्दछ्न्।चुनाव सकिएपछि जनताका घर आगनमा दु:ख,सुख सोधपुछ गर्न प्रायः नफर्किने गरेको जनताहरुको गुनासो छ ।

यी मध्ये रुन्टीगढी गाउँपालिकाका हालका अध्यक्ष एवं नेपाली काङ्ग्रेस रुन्टीगढी सभापति जनक पुनबाट चर्चा शुरूवात गरौँ ।पालिका अध्यक्ष पुनको स्थायी ठेगाना रुन्टीगढी ७ खाक्सीबन हो ।उनका श्रीमती र छोराछोरी दाङमै बसोबास गर्छन् ।अध्यक्ष पुन शुक्रबार प्रायः दाङ झर्ने गर्दछ्न्।अध्यक्ष पुनको दाङमा आफ्नै घर समेत रहेको छ ।तर उनी बितेको ७ बर्षमा रुन्टीगढीको राजनीतिमा अन्य दलका नेताहरू भन्दा बढी सक्रिय थिए ।उनले दाङ भन्दा बढी रुन्टीगढीको राजनीतिलाई प्राथमिकता दिएका थिए ।यसैको फलस्वरूप उनी हाल पालिका अध्यक्षमा निर्वाचित बनेका हुन्।नेकपा माओवादी केन्द्रका रुन्टीगढी गाउँ कमिटी अध्यक्ष जगत घर्ती पनि दाङ बस्दै आएका छन् ।अध्यक्ष घर्ती २०७४ सालमा नेकपा माओवादीबाट रुन्टीगढी वडा नं ६ को वडा अध्यक्षमा निर्वाचित बनेका थिए ।हाल उनी परिवार सहित दाङमा बस्दै आएका छन् ।त्यसै गरि नेकपा एमाले पार्टीका रुन्टीगढी गाउँ कमिटी अध्यक्ष अमराज बस्नेत पनि परिवार सहित दाङमै बस्दै आएका छन् ।२०७४ सालमा नेकपा एमालेबाट रुन्टीगढी ७ को वडा अध्यक्ष पदमा उम्मेदवार समेत रहेका अध्यक्ष बस्नेत लामो समय देखि दाङमै बस्छन् ।त्यसैगरी   २०७९ शालमा नेपाली काङ्ग्रेसबाट रुन्टीगढी गाउँपालिका अध्यक्ष पदको आकांक्षी नेपाली काङ्ग्रेस रोल्पाका जिल्ला सचीव तिलबहादुर बुढाथोकी (तिलक) पनि दाङमै बस्दै आएका छन् ।२०७९ सालको निर्वाचनमा सहभागी नेपाली काङ्ग्रेसका अन्य नेताहरू पनि अधिकांश समय दाङमै बस्दै आएका छन् ।नयाँ दल भनेर चिनुने राष्ट्रिय स्वतन्त्र पार्टीका रुन्टीगढी संयोजक टेकनाथ गिरी पनि दाङ बस्दै आएका छन् ।संयोजक गिरीले पनि रुन्टीगढीमा आफ्नो अनुहार देखाएका छैनन् ।अन्य विभिन्न पार्टीका नेता कार्यकर्ताहरु सुगम क्षेत्र मानिने छिमेकी जिल्ला दाङमा सुबिधा खोज्न र सुबिधामै रमाउदै आएका छन् ।

स्थानिय स्तरमै राजनैतिक जिम्मेवारी बोकेर जनताको शुख,दु:खको सारथि बन्नु पर्ने राजनीतिज्ञहरु आफू र आफ्नो परिवारका सदस्यका लागि शुरक्षित भविष्य खोज्न दाङमा बस्दै आएका छन् ।यस्तो प्रवृत्तिले उनीहरुकै पार्टी संगठन तथा समाज र जनताप्रतीको योगदानमा कमि आएको छ ।आगन्तुक शैलीमा राजनीति गर्नेहरूलाई आगामी चुनावको समयमा आवश्यक परिणाम दिने गाउँ-गाउँमा सर्वसाधारण जनताहरुले प्रतिक्रिया दिने गरेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस