ताजा अपडेट

रोल्पाको रुन्टीगढी ७ गैरामा साबुन उद्योग उद्घाटन

होलेरी- रोल्पाको रुन्टीगढी गाउँपालिका ७ गैरामा साबुन उद्योगको उद्घाटन भएको छ।स्थानिय साझा कृषक समूहको आयोजनामा सनिबार एक कार्यक्रमबिच साबुन उद्योगको उद्घाटन गरिएको हो।

रुन्टीगढी गाउँपालिका उपाध्यक्ष सरिता केसीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रेमन्त बहादुर डाँगी,वडा अध्यक्ष टेकलाल पुन लगायत विभिन्न क्षेत्रका प्रतिनिधि र सर्वसाधारणहरुको सहभागीता रहेको थियो ।गाउँपालिकाको १६ लाख ६७ हजार ४ सय २२ रुपैयाँ पालिका कुल लागत २१ लाख ८६ हजार ४४८ रुपैयाँ लगानी बाट आर्थिक बर्ष २०७९/०८० को कार्यक्रम रहेको
र दैनिक १५०० पिस उत्पादन गर्ने लक्ष्य रहेको साझा कृषक समूहले जनाएको छ।
परिक्षण काल रहेकाले साबुन प्रयोगकर्ताले जस्तो छ त्यस्तै सल्लाह सुझाव दिन समुहका अध्यक्ष दलबहादुर पुनले अनुरोध गरेका छन्।

प्रतिक्रिया दिनुहोस