दाङ- नेपाली काँग्रेससंग आवद्ध व्यवसायीयहरुको तर्फबाट तुलसीपुर उद्योग
वाणिज्य संघमा विनिल केसीको नेतृत्वमा निर्वाचनमा गएको टिम र
पत्रकारहरुबिच तुलसीपुरमा साक्षात्कार कार्यक्रम भएको छ । चुनावी
एजेण्डाका विषयमा भएको साक्षात्कारमा अध्यक्षका पदका उमेद्धवार विनिल
केसीले व्यवसायीहरुको दिर्घकालिन समस्या समाधान, व्यवसायीक स्थायीत्व
सुरक्षा, थप रोजगार सिर्जना र स्थानीय सरकारसंगको समन्वयमा स्थानीय
विकासलाई प्राथमिकतामा लिएर जाने बताएका थिए।
स्थानीय सरकार, प्रदेश सरकारसंगको समन्वयमा स्थानीय व्यापार प्रवद्र्धन,
बजारीकरण र यसक्षेत्रको विकासका लागि आफ्नो टिम कटिवद्ध भएर लाग्ने बताए
। व्यवसायीहरुको प्रोत्साहन र सुरक्षा प्रमुख चूनौती रहेको भन्दै
बजारक्षेत्रमा सुरक्षाको प्रत्याभूति हुने गरी आफ्नो नेतृत्वले काम गर्ने
योजना बनाएको अध्यक्षका उमेद्धवार केसीले जानकारी गराए । अहिले युवाहरु
सबैक्षेत्रमा पुस्तान्तरण हुनुपर्छ भन्ने मान्यतामा रहेको र त्यही
मान्यता अनुसार काँग्रेस निकट व्यवसायीहरुको नेतृत्व गरेर आफु निर्वाचनमा
होमिएको उनले बताए । काँग्रेसले यसपटक वाणिज्य संघमा युवाहरुको टोलीलाई
जिम्मा दिएको भन्दै व्यवसायीहरुको हकहितका लागि आगामी ३ वर्ष भित्रमा
देखिने गरी काम गर्ने बताए । उनले अहिलेको आवश्यकतालाइ मध्यनजर गरेर
युवाहरु नेतृत्वमा जान लागेको भन्दै सबैलाई सहयोग गर्न आग्रह समेत गरेका
छन् ।
नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष नारायण खड्काको अध्यक्षतामा भएको
कार्यक्रममा महासचिवका उमेद्धवार केशवराज केसीले व्यवसायीहरुको रोजाइमा
युवाहरुको टिम निर्माण भएकोले युवाहरुको टिमप्रति आम व्यवसायीहरुको
विश्वास रहेको बताए । उनले विनिल नेतृत्वले अघि सारेको योजनाहरुलाई
एकतावद्ध भएर पुरा गर्ने बताए । महिला सदस्य पदका उमेद्धवार कल्पना
विष्टले महिला व्यवसायीहरुलाई प्रोत्साहन गर्नेगरी काम गर्ने बताइन् ।
कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य चेतन रेग्मी, नारायणी
रजौरे, अन्जना चौधरी, पत्रकारहरु खेमराज रिजाल, जीतसागर जिएम, सुनिल
कुमार पोख्रेल लगायतकाले जिज्ञासा राखेका थिए । तुलसीपुर क्षेत्रका
क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो । प्रेस युनियन दाङका बरिष्ठ
उपाध्यक्ष गोपाल शर्मा भट्टराइले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको
सहजीकरण युनियनका पूर्व कोषाध्यक्ष शरद रेग्मीले गरेका थिए ।