ताजा अपडेट

घोराहिमा दर्जनौ युवाहरु एमालेमा प्रवेश

दाङ- दाङको घोराहिमा दर्जनौ युवाहरु नेकपा एमालेमा प्रवेश गरेका छन्।युवा संघ नेपाल घोराहि नगर कमिटिको आयोजनामा आज घोराहिमा भयको एक विशेस कार्यक्रममा विभिन्न राजनितिक दलहरुमा आबद्व युवाहरुलाई अबिर माला सहित एमालेमा स्वागत गरिएको थियो।


युवा संघ नेपालका केन्द्रिय सदस्य कृष्णमान बुढाको अध्यक्षतामा सुरु भयको कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटि सदस्य तिरण गौतम प्रमुख अतिथि हुनुहुन्थ्यो भने अन्य अतिथिहरुमा अनेरास्ववियु लुम्बिनी प्रदेशका अध्यक्ष सन्तोष बाठा,दाङ जिल्ला कमिटी सचिवालय सदस्य एवं स्कुलिङ् विभाग प्रमुख विवेक श्रेष्ठ,अभिषेक बुढा,देव भण्डारी लगाएतको उपस्थिति थियो।।


अनेरास्ववियु लुम्बिनी प्रदेशका सह सचिव प्रबिन पुनले संचालन गर्नु भयको उक्त कार्यक्रममा विभिन्न राजनितिक दलहरु परित्याग गर्दै निखिल केसि,भरत वली,करण खड्का,दिनेश घर्ति मगर,जिबन पुन मगर,शिखर रोका,मनिश शाह,लेलिन पुन,मनोज वलि र युवराज खड्का लगाएतले नेकपा एमालेमा प्रवेश गरेका हुन्।
कार्यक्रममा नव प्रवेशीहरुलाई स्वागत गर्दै अतिथीहरु सन्तोष बाठा,विवेक श्रेष्ठ र तिरण गौतमले मन्तव्य समेत राख्नु भयको थियो।।

प्रतिक्रिया दिनुहोस