ताजा अपडेट

रोल्पाका पूर्व जनसेना कमाण्डरहरु एमालेमा प्रवेश

रोल्पा- माओवादी जनयुद्वमा सहभागी रोल्पाका पूर्व जनसेना कमाण्डरहरु नेकपा एमालेमा प्रवेश गरेका छन्।माओवादी जनयुद्वको सुरुवाती दिनहरुदेखि नै पूर्णकालिन भुमिगत राजनितिमा सक्रिय रोल्पा‌को थवाङ गाउँपालिका वडा नं ५ का सन बहादुर बिक (छलाङ),श्याम बहादुर बिक (कबि) र वडा नं ४ कि सुष्मिता घर्ति मगर लगाएतले आज नेकपा एमालेमा प्रवेश गरेका हुन्।


छलाङले माओवादी आधार क्षेत्रमा रहेको जनसेनाको पाचौ डिभिजनमा प्लाटुन तह सम्म रहेर सैन्य भुमिका पुरा गरेका थिए भने कविले भेरि कर्णालिको छैठौ डिभिजनको सैन्य स्वास्थ्य विभागमा प्लाटुन सहकमाण्डरको जिम्मेवारि पुरा गरिसकेका कमाण्डर हुन्।जनयुद्व पश्चात नेता कमाण्डरहरुले आफुहरुलाई चटक्कै छाडे‌ पछि टुहुरा जस्तो बनेको र समाजमा अपहेलित भयर बाच्नु परेकाले अझै पनि बाकि समयलाई राजनितिमा सक्रिय बनाउन एमालेमा प्रवेश गरेको छलाङले जानकारी दिएका थिए।


नव प्रवेशिहरुलाई नेकपा एमालेका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेशसभा सदस्य यमुना रोका (तामाङ) र प्रदेश कमिटी सदस्य बिनोद रोका ( विक्रान्त) ले अबिर मालासहित स्वागत गर्नु भयको थियो।

प्रतिक्रिया दिनुहोस