ताजा अपडेट

नयाँगाउमा खानेपानीको हाहाकार,रुन्टिगढी ५ का वडा अध्यक्ष डाँगी सहित स्थानीयले गरे मुहान मर्मत

होलेरी-रुन्टिगढी गाउँपालिका वडा नं ५ नयाँ गाउमा खानेपानीको हाहाकार भएपछि रुन्टिगढी गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष गोबिन्द बहादुर डाँगी सनिबार स्थानीयहरु सहित पानीको मुहानमा पुगेर मुहान मर्मतमा जनश्रमदान गरेका छन्।

उपलब्ध मुहानहरुमा पानीको श्रोत अत्यन्तै कम भएपछि समस्याको दीर्घकालिन समाधानका निम्ति नयाँगाउको तल्लो भागमा रहेको जम्मुखोला मुहानबाट लिफ्टिङ खानेपानीको योजनाको पनि निरीक्षण गरिएको छ।जम्मुखोलाबाट मात्रै नयाँगाउमा खानेपानीको सुबिधा उपलब्ध हुने नयाँगाउका स्थानीयहरुको भनाई रहेको छ।उक्त योजनाका लागि लुम्बिनी प्रदेश सरकारबाट १० लाखको बजेट बिनियोजन भएपनि सोहि वडाको छिन्नेटा गाउँका स्थानीयहरुले आफूहरूलाई सिंचाइका लागि बाधा पर्ने भन्दै बिरोध जनाउँदा काम अगाडि बढ्न नसकेको स्थानिय वेदु गिरीको भनाई रहेको छ।

स्थानिय दुई गाउँबिच समस्या र विवाद भएपनि सहमतिको विकल्प नरहेको बताउँदै वडा अध्यक्ष डाँगीले त्यसको निकास निकाल्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस