दाङ – विगत लामो समय देखि घोराही बजार आवतजावत गर्न निकै समस्यामा परेका बङ्लाचुली ४ का समुदायलाई अब सहज हुने भएको छ।
लुम्बिनी प्रदेश बाट विनियोजन बजेट रकम एक करोड बाट सुरु गरिएको ओखलढुंङ्गे सडक निर्माण अहिले ३०% कार्य सम्पन्न भएको छ। ओखलढुंङ्गे डाडामा रहेको ठूलो चट्टान फोर्न सफल भएको हुँदा अब आशा पलाएको र बंगलाचुलिका समुदाय लाई आवतजावतबाट मुक्त हुने आकलन गर्न सकिने भएको छ।विगत लामो समय देखि धुलो र हिलोबाट निकै समस्यामा रहेका समुदाय लाई अब धुलो हिलो मुक्त बैकल्पिक सडक निर्माण गर्न लागेको वडा अध्यक्ष डास बहादुर डागीले जानकारी दिए।
अब केही दिन भित्र यो कार्य सम्पन्न गर्न आफू लागि परेको र यो बैकल्पिक सडक टिप्पर गुडाउनको लागि नभएको र समुदायहरुको आवतजावतको लागि बनाउन लागेको डाँगीले बताए।
समुदायमा केहि भ्रम भएको हुँदा यो सडकमा टिप्पर होइन समुदायको आवतजावतको लागि बनाउदै छौं । समुदायमा जुन समस्या छ त्यसलाई हल गर्ने विषयमा हामी निरन्तर लागि रहेको र केही चुनौतीहरुको सामना गर्दै यो सडक निर्माण गर्न लागेका हौँ- वडा अध्यक्षले भने।