ताजा अपडेट

भारत भाग्न खोज्दै थिए कृष्णबहादुर महरा

काठमाडौं- सुन तस्करी प्रकरणमा कपिलवस्तुबाट पक्राउ परेका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा भारततर्फ भाग्न खोजेको पाइएको छ ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले महरालाई कारबाही गर्न निर्देशन दिएको भोलिपल्टै अर्थात आज सोमबार बिहान उनी नवलपरासीको बाटो हुँदै भारततर्फ भाग्न खोजेका थिए ।

बीचमै परासीतिर उनी कतै लुकेर मोटरसाइकलबाट सीमापारी जाने प्रयासमा रहेको खुलेको छ । बर्दघाटबाट महरा पार भएको प्रहरीले सेटबाट सबैतिर सन्देश प्रवाह गरेपछि खैलाबैला मच्चिएको थियो ।

गृहमन्त्री लामिछानेले कारबाही गर्न निर्देशन दिएका महरा भारततर्फ जान खोजेको थाहा पाएपछि नवलपरासी, रुपन्देही र कपिलवस्तुका प्रहरी प्रमुखको कमाण्डमा छुट्टाछुट्टै टोली उनलाई खोज्न परिचालित भएका थिए ।

प्रहरी महानिरीक्षकको सचिवालयबाटै चासो देखाएपछि उनीहरु खटिएका थिए । सोही क्रममा महरा कपिलवस्तुबाट पक्राउ परेको प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले जानकारी दिए ।

उनलाई काठमाडौं ल्याइँदैछ ।

यसअघि महरासँग आयोगले बयान समेत लिएको थियो । उनका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।

प्रतिक्रिया दिनुहोस