काठमाडौं- सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा (माओवादी) केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई काठमाडौं ल्याइँदैछ । महरा कपिलवस्तुबाट पक्राउ परेका हुन् ।
प्रहरीको निगरानीपछि महरा आफैंले काठमाडौं फर्किने चाहना गरेपछि विमानबाटै काठमाडौं ल्याइएको हो । उनलाई सुन तस्करीसम्बन्धी जाँचबुझका लागि बनेको उच्चस्तरीय आयोगले कारबाही गर्न सिफारिस गरेको थियो ।
त्यसलगत्तै उनी प्रहरीको उच्च निगरानीमा रहेका थिए ।
महरा काठमाडौंबाट रोल्पा जानका लागि भन्दै सोमबार भैरहवा विमानस्थलमा उत्रिएका थिए । तर, उनी बीचमै नवलपरासीतिर कतै लुकेर मोटरसाइकलबाट सीमापारी जाने प्रयासमा रहेको खुलेको छ ।
बर्दघाटबाट महरा पार भएको प्रहरीले सेटबाट सबैतिर सन्देश प्रवाह गरेपछि खैलाबैला मच्चिएको थियो । त्यसपछि महरालाई रूपन्देही प्रहरीले पक्राउ गरेको हो ।