दाङ- राप्ती अञ्चल संयुक्त ट्रक यातयात व्यवसायी संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठले सबै व्यवसायी सघं संस्थाहरूसँग सहकार्य गरेर व्यवसायीको हकहितमा लाग्नुपर्ने बताएका छन् ।
राप्ती अञ्चल संयुक्त ट्रक यातयात व्यवसायी संघको २१ औं बार्षिक साधारण सभा तथा १४ औँ अधिवेशनमा अध्यक्ष पदका उम्मेदवार बनेका श्रेष्ठले नयाँ तथा पुराना व्यवसायीको साथ र समन्वयका माध्यमबाट अघि बढ्ने बताएका छन् । समितिको आज बार्षिक साधारणसभा तथा अधिवेशन हुँदैछ ।
पछिल्लो समय ढुवानी क्षेत्रमा देखिएका समस्या तथा व्यवसायीहरुका हक हितका लागि समितिले खेल्नु पर्ने भूमिकाका बारेमा साधारण सभा तथा अधिबेशनमा छलफल हुनेछ । साथै अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ ।
राप्ती अञ्चल संयुक्त ट्रक यातयात व्यवसायी संघ घोराहीमा मुख्य कार्यालय रहेको समितिको साधारणसभा र अधिवेशनको उद्घाटन महासंघका केन्द्रीय अध्यक्ष हिरालाल श्रेष्ठले गर्नछन । फागुन २८ र २९ गते अधिवेशन हुनेछ । समितिमा चारसय गाडीहरु दर्ता भएका छन् । ट्रक व्यवसायीहरुलाई उल्लेख्य सेवा दिएको समितिले नियमित नविकरण भएका सदस्यहरुको हकमा दुर्घटना लगायतका अवस्थामा सहजीकरण र समन्वयका साथै संस्था जिम्मेवार बनेर क्षतिपुर्ति उपलब्ध गराउँदै आएको राप्ती अञ्चल संयुक्त ट्रक यातयात व्यवसायी संघका अध्यक्ष श्रेष्ठले बताएका छन् ।
रत्न प्रसाद श्रेष्ठ नेतृत्वको प्यानलको उम्मेदवारमा को-को छन ?
अध्यक्ष – रत्न प्रसाद श्रेष्ठ
ब .उपाध्यक्ष – टेक बहादुर डागी ( तिलक )
उपाध्यक्ष – रेश्मी राज खडका
उपाध्यक्ष – सुरेश सुवेदी
उपाध्यक्ष – भुमिस्वर गिरी ( कपुरकोटे कान्छा )
प्रसासनिक सचिब – हेमन्त कुमार रेग्मी
कल्याणकारी सचीव – इस्वरी प्रसाद पाण्डे
कोषाध्यक्ष – मनोज बस्नेत
सह- प्रसासनिक सचीव – किरण बिक्रम शाह
सह – कल्याणकारी सह सचीव – बिरेन्द्र न्यौपाने
सह-कोषाध्यक्ष – राजु गौतम
सदस्यहरुमा
भोला बहादुर डि.सि, सुरेन्द्र राज भण्डारी , मेग जंग थापा क्षेत्री , कमल बुढाथोकी , घमण्ड बहादुर चन्द , खडग बहादुर रेउले , सुनिल राई , कृष्ण बहादुर बस्नेत , हरि प्रसाद डागी , हरि बहादुर पुन , नारायण घर्ती, प्रेम लाल चौधरी , महिला सदस्यमा लक्ष्मी कुमारी चौधरी रहेकी छिन ।
को हुन् रत्नप्रसाद श्रेष्ठ ?
प्युठान खलंगा गाउपालिकामा २०२७ साल मंसिर २ गते बुवा गणेशप्रसाद श्रेष्ठ र आमा बृहस्पति श्रेष्ठको कान्छो सन्तानका रुपमा जन्मिएका हुन रत्न प्रसाद श्रेष्ठ । सानै उमेरदेखि मेहनती र पढाईमा अब्बल श्रेष्ठले आइकमसम्म अध्ययन गरेका छन ।
श्रेष्ठ सामाजिक क्षेत्रमा लमही जेसीज बर्ष २००६ को अध्यक्ष २००८ मा रास्ट्रिय उपाध्यक्ष, देउखुरी उद्योग बाणिज्य संघ अध्यक्ष, नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश कोषाध्यक्ष, जइन्द्र बोर्डिङ स्कुलको ब्यबस्थापन समितिको वर्तमान संघका अध्यक्ष समेत रहेका श्रेष्ठ पुनः आगामी कार्यकालका दोहोरिने तयारीमा रहेका छन् । अध्यक्ष, राप्ती अन्चल संयुक्त ट्रक यातायात व्यावसायिक समितिको अध्यक्षलगायतका विभिन्न संघसस्थामा आवद्ध रहेका छन् ।