होलेरी- जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय रोल्पाको सार्वजनिक सुनुवाई कार्यक्रम बुधबार रोल्पाको होलेरीमा सम्पन्न भएको छ।
जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय रोल्पाको आयोजना तथा ईलाका प्रहरी कार्यालय होलेरीको संयोनमा स्थानिय जनप्रतिनिधि राजनैतिक दलका प्रमुख एवं प्रतिनिधि,सञ्चारकर्मी,कर्मचारी लगाएत सर्वसाधारणहरुको सहभागीता रुन्टिगढी गाउँपालिकाको सभा हलमा कार्यक्रम सम्पन्न गरिएको हो।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयको तर्फबाट जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक श्याम शारु मगर जिल्लाको शान्ति सुरक्षाका बिषयमा आफूहरूले गरेको सम्पुर्ण गतिविधिहरुबारे प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो।तथ्यांक अनुसार गत बर्षको तुलनामा यस बर्ष आत्महत्या गर्नेको संख्यामा कमि आएको डिएसपी शारु मगरले जानकारी दिनु भएको थियो।
समाजमा शान्ति सुरक्षा कायम गर्नु प्रत्येक नागरिकको जिम्मेवारी भएकाले सबैले आ-आफ्नो कर्तव्य पालना गर्न समेत उहाँले अनुरोध गर्नु भएको छ।
त्यस्तै कार्यक्रममा जिल्लाको सम्पुर्ण सवालहरुका बिषयमा रोल्पाका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले प्रकाश पार्नु भएको थियो।
हालसम्म जिल्ला प्रशासन कार्यालयले नागरिकका अधिकार कार्यान्वयन गर्ने कुरामा गरेका गतिविधिबारे उहाँले जानकारी दिनुभएको हो।
यसका शाथै प्रशासनिक कार्यमा कहि कतै लापरबाही भएको पाइएमा आफूलाई खबर गर्न सर्वसाधारणलाई
अनुरोध गर्नु भएको हो।
सवारी टाइम कार्ड,चालक सह चालक पोशाक लागू गरेको बताउँदै प्रमुख जिल्ला अधिकारी घिमिरेले जिल्लाका सडक सन्जाल शुरक्षित बनाउने बिषयमा आफूहरुले पहल गरेको बताउँनु भएको छ।
घोराही-होलेरी शहिदमार्गलाई स्तरोन्नति गर्न पनि पहल गरेको जानकारी दिनु भएको छ।शाथै शहिदमार्ग कार्यालयलाई पनि सदरमुकाम लिबाङबाट होलेरी सार्ने तयारी रहेको जानकारी दिनु भएको छ।
कार्यक्रममा बोल्दै रुन्टिगढी गाउँपालिका अध्यक्ष जनक पुनले समाजलाई शुरुक्षित बनाउन आफूहरू लागि परेको बताउँनु भएको हो।
अध्यक्ष पुनले रुन्टिगढी गाउँपालिका वडा नं ८ को ग्वार खोला-होलेरी सडक खण्डको नाका कुर्जामा प्रहरी चौकी स्थापना गर्ने पहल गरिरहेको बताउँनु भएको छ।
कार्यक्रममा सहभागीहरुको सल्लाह,सुझाव,जिज्ञासालाई पनि समेटिएको थियो।
प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेको प्रमुख अध्यक्षता तथा रुन्टिगढी गाउँपालिका अध्यक्ष जनक पुनको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रमको बिशिस्ट अथितिमा जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक श्याम शारु मगर,सशस्त्र प्रहरी बल नेपाल आश्नित अ गुल्म रोल्पाका गुल्मपति बिष्णुदत्त अवस्थी रुन्टिगढी गाउँपालिकाका उपाध्यक्ष सरिता के.सी.अतिथिहरुमा निवर्तमान पालिका अध्यक्ष एवं नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य बालाराम बुढा मगर,नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य गोबिन्द पुन(नजर) लगाएतको आतिथ्यता रहेको थियो।
जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय रोल्पाको त्राइमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम प्रत्येक तीन महिनामा जिल्लाको प्रत्येक ईलाकामा सम्पन्न हुने जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।