ताजा अपडेट

राष्ट्रिपति रनिङ शिल्डमा गोल्डमेडल जित्ने विद्यार्थीलाई महेन्द्र मा.वि. होलेरीद्वारा पुरुस्कार प्रदान

होलेरी- महेन्द्र मा.वि.होलेरीले हालसालै सम्पन्न रुन्टिगढी तथा पाँचौ राष्ट्रपति रनिङ शिल्डमा गोल्ड मेडल जित्न सफल आफ्ना विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरेको छ।

रनिङ शिल्डमा आयोजित विभिन्न खेलहरुमा मा.वि.होलेरीले १५ गोल्ड मेडल प्राप्त गरेर शिल्ड जित्न सफल भएको थियो।

शुक्रवार विद्यालय प्राङ्गणमा आयोजित एक कार्यक्रमबिच महेन्द्र मा.वि. होलेरीले आफ्ना विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप बोभिन्न राशीको पुरस्कार प्रदान गरिएको प्र.अ.बेदान्त सुर्यवंशीले जानकारी दिनुभएको छ।

वि.ब्य.स.अध्यक्ष एवं रुन्टिगढी गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष टेकलाल पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा छात्रा भलिबलमा प्रथम स्थान हासिल गर्न सफल कृष्णा रोकाको टोलिलाई नगद १० हजार रुपैयाँ तथा प्रमाणपत्र,३ हजार मिटर दौडमा प्रथम स्थान हासिल गरेका कक्षा १२ मा अध्यनरत क्रिसल वि.क.लाई नगद ५ हजार रुपैयाँ तथा प्रमाणपत्र,८ सय मिटर दौडमा प्रथम छात्रा कक्षा १० मा अध्यनरत छात्रा बन्दना रोकालाई नगद २ हजार तथा प्रमाणपत्र हस्तान्तरण गरिएको हो।

त्यस्तै ४ सय मिटर दौड,लङ जम्प,हाइ जम्प,शर्ट फूट लगाएतका खेलमा प्रथम स्थान हासिल गर्ने विद्यार्थीहरुलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको विद्यालयले जनाएको छ।

महेन्द्र मा.वि. होलेरी दक्षिण रोल्पाकै पुरानो विद्यालय रहेकाले शैक्षिक क्षेत्र संगसंगै खेलकुद क्षेत्रमा समेत उल्लेखनीय रुपमा सुधारको अभ्यासमा आफूहरू रहेको प्र.अ.बेदान्त सुर्यवंशीको भनाई रहेको छ।

प्रतिक्रिया दिनुहोस