ताजा अपडेट

रुन्टिगढी गाउँपालिकाका सडक सञ्जाल जिर्ण,बडाचौर-भर्तीबन कृषि सडकमा शास्ती(भिडियो सहित)

होलेरी- रोल्पाको रुन्टिगढी गाउँपालिका अन्तर्गतका सडक सञ्जाल जिर्ण बन्दै गएका छन्।

स्थानिय सरकारको आफ्नै स्वामित्वमा जेसीवी डोजर रहेपनी पालिकाले सडक मर्मत र नागरिकका आवागमनमा ध्यान दिएको पाइएको छैन।

रुन्टिगढी गाउँपालिकाको वडा नं ४ बडाचौर देखि भर्तिबन जोडिएको कृषि सडकको हालत खराब बन्दै गएको छ।सडकको नामाकरण कृषि सडक भनेर राखिएको छ।तर त्यही कृषि सडकको ठाउँ-ठाँउमा माटो थुपारेर सम्बन्धित निकस्यले ब्यबस्थापन नगर्दा उक्त सडक भएर आवतजावत गर्ने सवारीहरुलाई शास्ती हुन थालेको छ।

मङ्गलबार भर्तिबन कृषि उत्पादन बस्तु लिन गएको जीप निकाल्न बडो कठिन भएको भर्तिबनका स्थानिय हेमन्त दशौदीले गुनासो गरे।

`सडकको हालत ठाँउ-ठाँउमा जिर्ण बनेको छ।कृषि उत्पादन बस्तु निकासी गर्न कठिन भैरहेको छ।अझ आकस्मिक सवारी एम्बुलेन्स आउँनु परेमा अवस्था चिन्ताजनक छ´ -स्थानिय दशौदीले भने।

स्थानिय सरकारले यथासिघ्र उक्त मोटरबाटो मर्मत गरेर आवागमन सहज बनाइदिनु पर्ने दशौदीको माग रहेको छ।
त्यस्तै होलेरी स्वर्गद्वारी सडकखण्ड अन्तर्गत रुन्टिगढी गाउँपालिका भित्र होलेरी मैचन्ने सडकखण्ड,रुन्टिगढी ५ को सडकखण्ड,वडा नं ८ का सडकहरु लगाएतका सडकहरु जिर्ण बनेका छन्।

स्थानिय सरकार रुन्टिगढी गाउँपालिका सडक मर्मतमा निष्क्रिय रहदै आएको छ।
भिडियो

प्रतिक्रिया दिनुहोस