रुपन्देही- रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको घटनास्थलमै मृत्य भएको छ ।
लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ४ महुवारीमा आज बिहान सिद्धार्थ बोर्डिङ स्कुलको लु १ क १७७८ नम्बरको बसले लु ३७ प ८४८२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको हो ।
जिल्ला प्रहर कार्यालय रुपन्देहीको अनुसार बसको ठक्करबाट मोटरसाइकलमा सवार २१ वर्षीय मोहम्मद इर्साद र २१ वर्षीया रुक्सना खातुनको घटनास्थलौ मृत्यु भएको हो । त्यस्तै १७ वर्षीया अप्सरा खातुन गम्भीर घाइते भएकी छन् ।
ठक्कर दिने बसमा आक्रोसित स्थानीयले आगजनी गरेका छन् । जसका कारण लुम्बिनी क्षेत्र तनाबग्रस्त बनेको छ ।