ताजा अपडेट

मुढे घारमै माहुरी पालन गरेर मोहनलालले ६ सन्तान पढाए, अहिले ४० घार माहुरी(भिडियो सहित)

होलेरी- रोल्पाको रुन्टिगढी गाउँपालिका वडा नं ५ इजाकोट गाउँका मोहनलाल घर्तीले ४० घार माहुरी पालन गरेका छन्।
उनको घर,गोठ,भान्सा घर र बारीका ढिकवरिपरि माहुरीका मुढे घारहरुले घुमाएका छन्।र तिनै घारहरुमा माहुरी घुमेको दृश्य सुन्दर देखिन्छन्।
मोहनलालले माहुरीको मह बेचेर सिजनमा १ लाखसम्म आम्दानी गर्ने गरेको बताए।

मह बेचेरै उनले आफ्ना ६ सन्तानहरुलाई हुर्काए र पढाए।४ छोरा र २ छोरीहरुलाई १२ कक्षासम्म पढाउँने मुख्य श्रोत माहुरीको महनै रहेको उनले बताए।

माहुरी पालनलाई थप व्यावसायिक बनाउँन फर्म दर्ता गरेपछि आवश्यक परामर्श र स्थानिय सरकारले साह्यता गर्न सक्छ भन्ने कुरा मोहनलाललाई थाह छ।तर यसका लागि के प्रक्रिया चाल्नु पर्दछ त्यो थाह नभएको उनको भनाई छ।

भिडियो

प्रतिक्रिया दिनुहोस