मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
धन तथा ज्ञानको भण्डार बढ्नेछ । जीवनशैली आनन्दमय रहनेछ । अतिथिको रूपमा सत्कार पाइएला । आम्दानी बढाउने काम गर्न सकिनेछ । व्यवसायले रमाइलो यात्रा गराउन सक्छ । प्रियभेट हुनुका साथै विशेष उपहार प्राप्त होला । सोखले मालमत्ता जुटाउन प्रेरित गर्नेछ ।
वृष
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अरूका विषयमा चासो लिँदा व्यर्थै झमेलामा परिनेछ । कामका दौडधुप गर्नुपरे पनि सफलता दिलाउनेछ । समस्या पन्छाएर काम गर्न सकिनेछ । दिगो काम थालनी हुनेछ । पछिका लागि सकारात्मक संकेत प्राप्त हुनेछ । रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ ।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, ह
समयको गतिलाई पछ्याउन नसक्दा दुःख पाइनेछ । परिस्थितिसँग सम्झौता गर्नुपर्ला । पेटको खराबीले स्वास्थ्य कमजोर रहनेछ । हल्लाको पछि लाग्दा अलमल हुनेछ । लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ । बुद्धिको उपयोगले लक्ष्यमा पुग्न सकिएला।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला । तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ । विशेष योजना सार्वजनिक नगर्नुहोला । लगनशीलताले दिगो फाइदा दिलाउन सक्छ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अरूका लागि बुद्धि खर्चनुपर्नेछ । पहिलेका सहयोगीहरू पछि हट्न सक्छन् । परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ । कर्मफल अरूलाई सुम्पनुपर्ने अवस्था आउन सक्छ । आफ्नाले समयमा सहयोग नगर्दा अवसर फुत्किन सक्छ । चिताएका काममा बेलैमा योजना बनाएर प्रारम्भ गर्दा फाइदा हुनेछ ।
कन्या
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ । दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ । अरूको व्यवहारले शंका उब्जाए पनि शुभचिन्तकहरूको साथ प्राप्त हुनेछ । महत्त्वाकांक्षी योजनामा आफ्नैले बाधा पुर्याउनलान् ।
तुला
र, रि, रु, रे, रो, ता, ति, तु, ते
खानपानको सोखले स्वास्थ्य प्रतिकूल बन्न सक्छ । राम्रो नतिजा हातपार्न रोकिएको काम दोहोर्याउनुपर्ला । अरूको भरले मात्र सफलता प्राप्त नहुन सक्छ । कमजोरी सुधार्न केही काम दोहोर्याउनुपर्ला ।
वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ । दिगो योजनाका लागि ऋण लिने समय छ । अवसरका लागि केही दौडधुप गर्नुपर्ला । खर्च लागे पनि लगानी बढाउन सकिनेछ ।
धनु
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ । परिश्रमको फल प्राप्त हुनुका साथै आयआर्जनका स्रोत बढ्नेछन् ।सरसापटमा रकम बाहिरिन सक्छ । उधारो व्यापारले रकम अड्किन सक्छ ।
मकर
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ । साइनो गाँस्नेहरूबाट जोगिएर काम गर्नुहोला । आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ । सामाजिक दायित्व बढ्नेछ ।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, द
अरूका लागि रकम र बुद्धि खर्चनुपर्ला । अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन् । आंशिक फाइदा भए पनि काम पूरा गर्न समय लाग्नेछ । बाध्यात्मक परिस्थितिले अलमल्याए पनि समय त्यति प्रतिकूल भने छैन ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
कामको चाप बढ्ने समय छ । स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला । उधारोमा व्यापार गर्नुपर्ला। आफ्नो सूचना बाहिरिन सक्छ ।