काठमाडौं- यतिबेला इन्डियन आइडलमा नेपालकि चेली मेनुका पौडेलले आफ्नो जादुमय स्वरले हंगामा मच्चाई रहेकि छिन्।
जजहरु मेनुकाको आवाज सुनेर कतिबेला भक्कानिएर रुन्छ्न् भने कतिबेला प्रशंशा गरेर थाक्छ्न्।
झापाको एक सामान्य परिवारमा जन्मिएकि मेनुका उमेरले २५ बर्षकि भइन।उनि जन्मजातनै दृष्टिबिहिन थिइन्।
इच्छाशक्तिको अगाडि मानिसलाई कुनैपनि चिज बाधक बन्न सक्दैन भन्ने उदाहरण मेनुका बनिरहेकि छिन्।
मेनुका यस अघि नेपाल आइडल,सारेगम लिल च्याम्प्स जस्ता नेपाली रियालिटी शोहरुमा पनि सहभागी बनेकि थिइन्।तर त्यति खेर मेनुकाको खासै चर्चा थिएन।उनि नेपाल आइडलको टप १८ सम्म पुगेकि थिइन्।
आजकाल इन्डियन आइडल सिजन १४ मा मेनुकाको जादुमय स्वरले पुरा भारत र बिश्वभर हंगमा मच्चाइ रहेको छ।
नेपाली चेली मेनुकाको प्रतिभा इन्डियन आइडल बन्न सकोस् सबै नेपालीको यतिबेला उनलाई भोट र आशीर्वादको आवश्यकता रहेको छ।
भिडियो सामाग्री