झापा- कानुन सबैका लागि बराबर हुन्छ भन्ने उक्ति प्रचलित छ।त्यस्तै भएको छ नेपाल प्रहरीका एक बहाल वाला प्रहरी उपरीक्षक(एस.पी.)अहिले प्रहरी नियन्त्रणमा छन्।
आफैले चलाएको स्कोरपियो जिप र मोटरसाइलाई ठोक्किदा मोटरसाइकलमा सवार झापाको कमल गाउँपालिका वडा नं. ६ का अनिल मर्दीको मृत्यु भएको थियो ।
यहि घटनाको छानबिनका लागि नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) भीमबहादुर दाहाल हाल प्रहरी नियन्त्रणमा रहेका छन् ।
शुक्रबार राती कन्काइ नगरपालिका–८, बिरिङ पुलस्थित पूर्वपश्चिम राजमार्गमा स्काेरपियोको ठक्करबाट मर्दीको मृत्यु भएको थियो भने खगेन्द्र ताजपुरीया र पुजन राजवंशी घाइते भएका थिए ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे१च ७८३९ नम्बरको स्काेरपियो र विपरीत दिशाबाट जाँदै गरेको मे १० प १६६९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।
प्रदेश प्रहरी कार्यालय धरानमा कार्यरत रहदै अएका एसपी दाहाललाई नियन्त्रणमा लिएर थप अनुसन्धन भइरहेको प्रहरी श्रोतले जनाएको छ ।