ताजा अपडेट

घर-घरमा पुगेर गीत मार्फत तिहारको आशिष दिदै देविलाल र बिशाल गन्दर्व(भिडियो सहित)

दाङ- गन्दर्व जातिको प्रायःका रुपमा चिनेने मौलिक बाजा सारङ्गी बजाएर गीत गाउँदै दाङ जिल्लाको घोराहीका घरघरमा पुग्छन्।उनिहरुले गीत मार्फत तिहारको शुभकामना र आशीर्वाद पनि दिन्छन्।

उमेरले युवा अवस्थामा रहेका उनिहरुले आफ्नो पुर्ख्यौली तथा मौलिक पेशाको जगेर्ना गर्दै आएका छन्।

सल्यान घर भएका उनीहरु अहिले केहि बर्ष यता देखि दाङमै बस्दै आएको बताए।
लोपोन्मुख बाजा सारङीको मिठो धुनमा गीत गाउँने उनीहरुले पुरानो समयको झल्को दिलाउने गरेको स्थानियहरुले बताउँछन्।

एक समय थियो जतिबेला अहिलेको जस्तो सूचना र प्रबिको बिकास भैसकेको थिएन।त्यतिबेला कला भएका गन्दर्व जातिहरुले सञ्चारको काम गर्ने गर्थे।
एक गाउँको घटना कार्यक्रमहरुका बारेमा जानकारी दिने गर्दथे।

समय परिबर्तन हुँदै जाँदा हाल कलाकर्मी गन्दर्व जातीहरु सारङ्गी बाजा बजाएर तुलानात्मक रुपले अत्यन्त न्युन देख्न पाइन्छ।

राज्यले यो बिशिस्ट प्रतिभा बोकेको जातिको उट्ठान र पेशालाई व्यावसायिकता बनाउँन कुनै किसिमको प्रयास नगरेको उनुहरुको भनाई रहेको छ।

यद्यपि हातमा सारङ्गी बजाउने कला र गीत गाउँन सक्नेहरुले भने मौलिक बाजा र पेशालाई निरन्तरता दिइरहेका छन्।

स्थानियहरुलाई सुमधुर गीतहरू सुनाएर मनोरञ्जन दिदै आएका छन्।

भिडियो

प्रतिक्रिया दिनुहोस