काठमान्डौ- अभिनेत्री दीपासा बीसी ‘जलपरी’ को निधन भएको छ। बुधबार नर्भिक अस्पताल भर्ना भएकी उनको बिहिवार मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।
दीपासाले बिरानो माया, झेली, दुलही रानी चलचित्रमा अभिनय र दर्जनौं म्युजिक भिडिओमा अभिनय गरेकी छिन्।उनको मृत्युको कारण भने खुलिसकेको छैन ।