ताजा अपडेट

गोंगबु प्रभागका इन्स्पेक्टर गुरुङले कुटे भुपु आर्मी

काठमाडौं- गोंगबु प्रहरी प्रभागका इन्स्पेक्टर दिनेश गुरुङले भुपु आर्मीलाई कुटपिट गरेको आरोप लागेको छ।

गत १६ कात्तिकमा उनले नुवाकोट घर भई बानियाँटार बस्ने कर्णबहादुर अधिकारीलाई पाइपले कुटेको बताइएको छ । अधिकारी लेनदेनसम्बन्धी विवादमा उजुरी लिएर प्रभाग गएका थिए । अधिकारीको मुकुन्द थपलियासँग लेनदेन विवाद थियो ।

सो दिन उनलाई छलफलका लागि प्रहरी कार्यालयमा बोलाइएको थियो । थपलिया नआएपछि अधिकारीले प्रहरी कार्यालयबाटै फोन गरी गालीगलौज गरेका थिए । प्रहरी कार्यालयमा जथाभाबी बोलेको भन्दै प्रभागका प्रमुख इन्स्पेक्टर गुरुङले अधिकारीलाई कुटेका हुन् । इन्स्पेक्टरको कुटाईबाट अधिकारी घाइते भएका छन् । भूपू आर्मी कुट्ने प्रहरी प्रभाग, गोंगबुका प्रहरी निरीक्षक दिनेश गुरुङमाथि बिभागले छानबिन सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस