काठामाडौं- काठमाडौं महानगरपालिका-१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ ।
डेंगु संक्रमित भएर ग्राण्डी अस्पतालमा उपचार गराइरहेका रिजालको आज बिहान निधन भएको महानगर स्रोतले जनाएको छ ।
उनी पाँच दिनअघि अस्पताल भर्ना भएका थिए । फोक्सोमा समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।