ताजा अपडेट

रोल्पामा युवा क्लबद्वारा विद्यालयमा बालमैत्री खानेपानी धारा निर्माण,विद्यार्थी हर्षित बने

जुटुङखोला- रोल्पामा एक युवा क्लबले विद्यालय प्राङ्गणमा खानेपानी धारा निर्माण गरि दिएको छ।

तालपोखरी युवा क्लब लुङ्ग्री ३ जुतुङ्खोला रोल्पाले क्लब अध्यक्ष महेन्द्र न्यौपानेको नेतृत्वमा सामाजिक मा.बि. लुङ्ग्री ३ धाराखर्क रोल्पामा बाल मैत्री खानेपानीको लागि धारा निर्माण गरिदिएको हो।

२०८० भदै १० गतेदेखि काम सुरु गरेर भदौ १७ गते सम्पन्न गरि १९ गते मंगलबार विद्यालय परिवारलाई हस्तान्तरण गरेको छ।।पहिले विद्यालयमा प्राङ्गण भन्दा ५०-६० मिटर टाढा पधेरोमा पानी पिउन विद्यार्थीहरु छताछुल्ल भएर जानू पर्ने बाध्यता थियो।

निर्माणाधीन हुँदाको बालमैत्री खानेपानी धारा

अहिले क्लबले विद्यालय प्राङ्गणमै धारा निर्माण गरिदिएपछि विद्यार्थी,शिक्षकशिक्षिका तथा अभिभावकहरु हर्षित बनेजा छन्।सामाजिक मा.वि.का प्र.अ.खगेन्द्र खड्काले क्लबलाई यस काम प्रति विशेष धन्यवाद व्यक्त गर्दै उचित संरक्षण गरेर प्रयोग गर्ने बताएका छन्।

उनले समाजिक कार्यमा क्लबलाई अझै प्रगतिको कामना समेत गरेका छन्।क्लबले सामान खरिद गरेर दुर्गा बुढाको नेतृत्व मा रु ३० हजारमा काम सम्पन्न गरेको थियो भने निर्माण कार्य रु २० हजार बराबरको क्लबका प्रतिनिधि स्थानिय खेलाडीद्वारा श्रमदान गरेर ५० हजारमा पानी धारा निर्माण कार्य सम्पन्न गरेका हुन्।

तालपोखरी युवा क्लबले बिगतमा पनि थुप्रै सामाजिक कार्यहरु गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस