ताजा अपडेट

रुन्टिगढी ५ का वडा अध्यक्ष गोबिन्द डाँगीको श्रमदान निरन्तरता,कार्यक्रम प्रभावकारी बन्दै

डुबिडाँडा- रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष गोबिन्दबहादुर डाँगीले वडा अध्यक्ष जनश्रमदान कार्यक्रम अगाडि बढाएपछि यसलाई निरन्तरता दिइरहेका छन्।
प्रत्येक सनिवार जनतासंगै जनश्रमदान गर्ने निर्णय गरेर वडा अध्यक्ष डाँगी जनश्रमदानमा निरन्तर खटिरहेका छन्।

अहिले उनको निर्णय र कार्यमा वडावासीहरुले पनि शाथ दिन थालेका छन्।

आजको सनिवार `वडा अध्यक्ष जनश्रमदान´कार्यक्रम अन्तर्गत रुन्टीगढी गाउँपालिका वडा नं ५ जस्पुर सिर्जनसिल आमा समुहका अध्यक्ष अनिता विक आमा समुहका सदस्यहरु,स्थानिय राजनितिक दलका प्रतिनिधिहरु,युवा समाजसेवि,गाउँ कार्यपालिका सदस्य रिता के.सी.वडा सदस्य याम प्रसाद बस्नेतको सहभागितामा होलेरी कुमिरबोट सडक खण्ड मर्मत कार्य सम्पन्न गरिएको छ।

जनप्रतिनिधि जनताको सेवक र कारिन्दा भएको तथा जनता मालिक भएकाले सदैव आफू यसरीनै जनसेवामा खट्ने वडा अध्यक्ष डाँगीले होलेरी खबरसंग बताए।
वडा अध्यक्ष डाँगीको श्रमदान निर्णय तथा कार्यले रोल्पा जिल्लाभर सकारात्मक संदेश प्रवाह गरेको छ।

प्रतिक्रिया दिनुहोस