होलेरी- नेकपा एमाले रुन्टीगढी गाउँकमिटिको भेला तथा प्रदेश प्रतिनिधि छनौट कार्यक्रम सनिवार रोल्पाको होलेरीमा सम्पन्न भएको छ ।
यहि भाद्र १६ र १७ गते बुटवलमा हुने लुम्बिनी प्रदेशको अधिबेशनलाई लक्षित गरि उक्त भेलाको आयोजना गरिएको आयोजक कमिटिले जानकारी दिएको छ ।
सो भेलाले प्रदेश प्रतिनिधि छनौट गरेको छ । छनौट हुनेमा बालाराम बुढा, ज्ञानु पुन, गोपाल डागी, महिला तर्फ रबिना बुढा र दलित तर्फ प्रेमा बिकलाई सर्वसम्मत चयन गरेको छ । रुन्टीगढी गाउँकमिटिका अध्यक्ष अमराज बस्नेतको अध्यक्षतामा बसेको उक्त भेलाको प्रमुख अतिथि नेकपा एमाले केन्द्रिय सदस्य एबंम एमालेका सासंद कुमार दशौदी, बिशिष्ट अतिथिमा नेकपा एमाले रोल्पा जिल्ला कमिटि अध्यक्ष बालाराम बुढा, अतिथिहरुमा लुम्बिनी प्रदेश संगठन कमिटि सदस्य ज्ञानु पुन , लुम्बिनी प्रदेश सदस्य गोपाल डांगि, जिल्ला कमिटि सदस्य नेप बहादुर थापा इप्रका होलेरीबाट घन बहादुर राणा, पत्रकार लगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि दशौदीले एक अर्का मा एक ढिक्का नहुदा सम्म देशलाई बिकासको मार्गमा लान नसकिने बताए। उनले राष्ट्र बचाउन, एक अर्कामा समुन्नती ल्याउन, गरिबीलाइ हटाउन र देशलाई बिकसित मुलुकमा छौ भन्ने प्रमाणित गर्नको लागि एकजुट भएर लाग्न सबै पार्टि कार्यकर्ता माझ आग्रह गरेका छन्।
त्यस्तै बिशिष्ट अतिथि बुढाले लुम्बिनी प्रदेशको अधिबेशन सम्पन्न गर्नको लागि भेलाबाट प्रतिनिधि चयन भएका प्रतिनिधिले महत्वपूर्ण भुमिका खेल्ने बताएका छन् ।
जिल्ला कमिटि सदस्य नेप बहादुर थापाको स्वागत मन्तव्यबाट सुरु भएको भेलाको समापन रुन्टीगढी गाउँकमिटिका अध्यक्ष अमराज बस्नेतले गरेका थिए भने कार्यक्रमको सञ्चालन रुन्टीगढी गाउँकमिटिका सचिब गणेश गिरीले गरेका हुन् ।