ताजा अपडेट

मकैबाली नाशिएपछि रुन्टीगढीका किसान चिन्तित,स्थानिय सरकारले सहयोग गर्नुपर्ने माग

जस्पुर- रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ५ तल्लो जस्पुर गाउँमा किसानहरुका मकै बाली हावाहुरीले ढालेपछी किसान चिन्त बनेका छन्।

साउन २७ र २८ गतेको निरन्तर बर्षातसंगै आएको हावाहुरीले मकै बाली ढालेर क्षति पुर्याएको स्थानिय किसानहरुले पिडा पोखे।

`हाम्रो मुख्य पेशानै खेती हो।सिजनभरी खेती गरेर जिबिका चलाउँने गर्थ्यौँ।तर यो बर्ष हावाहुरीले मकै ढालिदियो।धेरै ठाउँमा भाच्ने पनि गरेको छ।´-रुन्टीगढी ५ तल्लो जस्पुर निवासी पीडित किसान सिता बुढाथोकीले होलेरीखबरसंग भनिन्।

प्राकृति प्रकोपले आफूहरूको दु:ख/मिहेनत लागिदिएपछि आफूहरुलाई चिन्ता बढेको स्थानीय किसानहरु बताउँछन्।

शक्तिशाली हावाहुरीले तल्लो जस्पुर गाउँका ८/१० घर किसानहरुको बालीमा पुर्ण रुपले क्षति पुर्याएको छ।क्षेत्रफलको हिसाबमा कम्तीमा १४ रोपनीमा रहेको मकै बाली स्वाहा भएको पीडित किसान सिता बुढाथोकिले जानकारी दिइन्।

प्राकृतिक प्रकोप स्विकार्नुको विकल्प नभएपनि अबिभावकका रुपमा रहेको स्थानिय सरकारले आफूहरूलाई राहत स्वरुप क्षतिपूर्ति दिनु पर्ने बुढाथोकीको माग छ।

`सिजन भरिको मकैबाली हावाहुरीले लग्यो।हामि पहाडमा बसोबास गर्ने किसानको प्रमुख खाद्यान्न बाली भनेको मकै बाली नै हो।यहि बालीका भरमा हामि बाच्ने गर्छौँ।बालीनाली नाश भएपछि हाम्रो दिनको भोक र रातको नित खोसिएको छ।
अब स्थानिय सरकारले हाम्रो घाउँमा मलहम लगाउनु पर्यो।´-उनले भनिन्।

प्रतिक्रिया दिनुहोस