होलेरी-रोल्पाको होलेरीमा कृषि हाट बजार सञ्चालनमा आएपछि किसानहरूले उत्पाददित तरकारी बिक्रिमा राम्रै मुल्य पाउँन थालेका छन्।
कृषि हाटबजारमा रुन्टीगढी गाउँपालिका भित्रका सबै कृषकहरुले तरकारी लिएर आउँने गर्दछ्न्।हाट बजारमा चारैतिरका ब्यापारीहरु पनि आउँने गर्दछ्न्।हाट बजार सञ्चालन समितिको अगुवाईमा किसानको उत्पादनको मुल्य निर्धारणका लागि छलफल शुरु भएर किनबेच शुरु हुने गर्दछ।
ब्यापारीहरुको प्रतिस्पर्धानै चल्ने गर्दछ।यसले किसानको उत्पादनलाई टेवा पुगेको छ।हाट बजार सञ्चालन नहुँदा ब्यापारीहरुको मुल्यमा किसानले आफ्नो उत्पादन दिने बाध्यात्मक अवस्था रहेको र हाट बजार सञ्चालनमा आएपछि किसानको मुल्यमा ब्यापारीहरुले तरकारीजन्य बस्तु लग्ने गरेको किसानहरुको भनाई रहेको छ।
हाट बजारलाई ब्यबस्थित बनाउन होलेरी कृषि समितिले तदारुकता शाथ सहजीकरण गर्दै आईरहेको छ।समितिका अध्यक्ष चन्द्रप्रकाश महरा हाट बजार लाग्ने दिनहरुमा बिशेष रुपले खटिरहेका हुन्छन्।
हाट बजार सञ्चालनमा रुडास नेपाल होलेरीले पनि सहजीकरण गरेको छ भने स्थानिय सरकार रुन्टीगढी गाउँपालिकाका अध्यक्ष जनक पुन पनि स्वयं कृषि हाट बजारमा पुगेर किसानहरुसंग भेटघाट गर्ने गरेका छन्।
होलेरी कृषि हाट बजारमा सनिवारको मुल्य सूचि
Photo:RUDAS Nepal