रिचा-मङ्गलबार मध्याह्न घोराही-होलेरी थबाङ सडक खण्ड अन्तर्गत बागमारा रोल्पाबाट दाङको घोराहि छुटेको ना ५ ख २६१२ नं को यात्रुबहाक बस त्रिबेणी गाउँपालिका ७ रिचामा दुर्घटना ग्रस्त हुँदा घटना स्थनलमै मृत्यु हुने ४ जनाको सनाखत भएको प्रहरीले जनाएको छ।
दुर्घटाना परी ज्यान गुमाउँनेहरुमा रोल्पाको माडी गाउँपालिका-२ बस्ने २१ वर्षीय प्रकाश बाँठा, माडी गाउँपालिका-४ का ५० वर्षीय गोर्खे डाँगी र उनका ५० वर्षीया श्रीमती हस्त डाँगी तथा परिवर्तन गाउँपालिका ३ का ४६ वर्षीय भक्तबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
यस्तै दुर्घटनामा परि गम्भीर घाइते भएका ५ जनालाई निजि सवारीमा र ३ जनलाई दोश्रो चरणमा रोल्पा अस्पतालको एम्बुलेन्स मार्फत दाङ पठाइएको प्रहरीले जनाएको छ।
थप घाइतेहरुलाई पनि उद्वार फरेर अस्पताल पुर्याउँने कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ।
बस सडकबाट कम्तीमा १०० मिटर तल खसेर दुर्घटनाग्रस्त बनेको थियो।
घटनावारे थप विवरण अनुसन्धानबाट खुल्दै जाने बताइएको छ।