ताजा अपडेट

पहिले दलित भनेर निकै हेला गर्थे,तर अहिले समाज परिबर्तन भैसक्यो,पुर्खाको पेशामा गर्व छ

होलेरी- रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर ५ जस्पुरका पुर्णलाल बि.क.ले होलेरीमा परम्परागत आरन पेशा गर्दै आउँनु भएको छ।

उमेरले बि.क अहिले ६२ बर्षको हुनुभयो।१३ बर्षकको उमेरदेखि उहाँले पुर्खाको यहि पेशा समाहाल्दै आउनुभयो।

परम्परागत आफ्नो पुर्ख्यौँली पेशालाई निरन्तरता दिन पाउँदा आफूलाई निकै गौरान्वित महशुस भएको पुर्णलाल बताउँनु हुन्छ।
`कुनैबेला हाम्रो समाज यस्तो थियो कि माथिल्ला जाती भनिनेहरुले तल्लो जातिलाई हेला गर्दथे।

यति सम्मकि उनिहरुले बनाएको धारा चल्थ्यो पानी चल्दैनथ्यो।उनिहरुले बनाएको मुर्ति चल्थ्यो मन्दिर चल्दैनथ्यो।यतिसम्म कि दलितहरुलाई घरमा प्रबेश निषेध समेत गरिन्थ्यो।´

यहीँ तितो इतिहास बोकेको समाज अहिले परिबर्तन भइसकेको बि.क.ले अनुभव सुनाउनु भयो।आफू दलित भएकै कारण पहिले छोएको पानी समेत नचल्ने त छदै थियो यति सम्मकि आफू भन्दा साना उमेरकाले समेत तँ भनेर सम्बोधन गरेको अबस्था सम्झदै अहिले समाज धेरै परिवर्तन भइसकेको उहाँले बताउनुभयो।

`पहिले समाजमा निक्कै जातिय भेदभाव,छुवाछूत जस्तो नराम्रो प्रथा थियो।

त्यो समयमा मलाई मात्र होइन मेरो बुवा अनि वृद्ध हजुरबुबा समेतलाई गाउँका साना उमेरका माथिल्लो जाति भनिनेहरुले तँ भनेर सम्बोधन गर्दथे।

आरन बसेर हामिले बनाएको भाडाकुडी उनीहरुले प्रयोग गर्थे।तर कामी भनि हामिलाई हेला गर्थे।हामिले छोएको पानी पिउदैन थिए।फेरि हामिले बनाएको औजार नै प्रयोग गर्दथे।´

समाजमा आफूमाथि हुने यस्तो व्यबहारले दुखी बनाउँदथ्यो।तर अहिले समाज धेरै परिबर्तन भइसकेको छ।उहाँले भन्नु भयो।”अहिले समाजमा बिस्तारै चेतनाको स्तर बढ्दै गएको छ।

पहिले जस्तो भेदभाव छैन।बरु उल्टै हाम्रो सीपको प्रसंसा गर्छन्।मानिस मानिस एउटै हो भन्ने चेतना बिकास हुँदैछ।अहिले हामिले छोएको पानी लगाएत खानेकुरा मज्जाले खाइदिन्छ्न्।निकै खुसी लाग्छ।-उहाँले भन्नु भयो।

अहिले पछिल्लो पुस्ताले परम्परागत आरान पेशा छोड्दै गएकिमा पुर्णलाललाई चिन्ता छ।आफूहरूको आरन पेशाबाटै समाजको दैनिकी चल्ने भन्दै नयाँ पुस्ताहरु पनि यस पेशामा जोडिनु पर्ने उहाँको भनाई रहेको छ।

शाथै आफूहरूको परम्परागत आरन पेशालाई संरक्षण गर्न स्थानिय सरकारले सहयोग गर्नु पर्ने उहाँको अपेक्षा रहेको छ।स्थानिय सरकारले थोरै भएपनि लगानी गरिदिए परम्परागत पेशालाई व्यवसायिक बनाउन टेवा पुग्ने पुर्णलालले बताउँनु भयो।

प्रतिक्रिया दिनुहोस